हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आड भए कस्तो हुन्थ्यो

दिपक जडित , (हवाई, अमेरिका )


हरेकको छातिमा अग्लो पहाड भए कस्तो हुन्थ्यो
?
कुनै शिर झुक्न नदिने ढाड भए कस्तो हुन्थ्यो
?

झन् विलाउँदै गैरहेछ यो आवाज देशभित्र
,
'
भोटो चल्थ्यो तर नयाँ कछाड भए कस्तो हुन्थ्यो
?'

जायज होलान् देशसँग आफ्नो हक माग्नेहरु
,
तर देशलाई पनि तिन्को आड भए कस्तो हुन्थ्यो
?

सडकमाझ भोकासँग म नि उभिएको हुन्थें
,
बाटो छेक्दा मानो चामल जुगाड भए कस्तो हुन्थ्यो
?

तिम्रो मेरो यस्को उस्को आफ्नै आफ्नै पर्वहरु
,
देशको पनि कुनै यौटा चाड भए कस्तो हुन्थ्यो?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |