हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पाँच मुक्तक

अमृत सुबेदी गुराँस, ( तनहुँ, हाल- विग एफ एम पोखरा)

muktak 1.

धेरैले पराइ थोरैले मात्र खास वनाउँछन् ।
केबल मान्छेलाई जिउँदै लास बनाउँछन् ।।
प्रेममा त रमाउनुपर्ने किन् पट्पटाइरहेछ ।
लाग्छ प्रेमीहरुले पनि यहाँ दास बनाउँछन् ।।

muktak 2

कहाँ धर्म मन्दिर, मस्जि, स्तुप भएर आउँछ ।
लाग्छ अब भगवान पनि कुरुप भएर आउँछ ।।
हार अवश्य हुन्छ, शक्तिले जब काम नगरेपछि ।
स्यालका सामुन्ने शेर पनि चुप भएर आउँछ ।।

muktak 3

खलनायक नायक मानिन्छ, चलन यस्तै छ ।
मरेछ जो उसैलाई मारिन्छ, चलन यस्तै छ ।।
धुमधामले चोकमा कसैको शालिक वनाइन्छ ।
जब वनाइन्छ शिर ढालिन्छ, चलन यस्तै छ ।।
muktak 4.

 

तिमी यो कस्तो काम गर्दैछौ ।
संयौं युवालाई जाम गर्दैछौ ॥
हजार छन् पैसा कमाउने तरीका ।
तिमी किन ज्यान लिलाम गर्दैर्छौ

muktak 5.

कस्ले मेरो घरको ढोका खोल्छ रातिराति ।
यस्तो गर्नुपर्छ भन्दै कवोल्छ रातिराति ॥
एक वेग्लै कल्पनाको सुन्दर संसारमा ।
घरिघरि चिमोटर पिरोल्छ रातिराति ॥

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |