हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बर्तमान युग

कोशी कीनारे, (साउदी अरब)


निकम्ममा

मार्मिक अधकल्चो बर्तमान युग
ह्रास भैरहेछ निरन्तर

शताब्दियौ पुरानो

सम्झनाका अश्थिपन्जरहरु लिएर ।

 

बिशाल

संग्रहालयको निष्पट अंध्यारोमा

मान्छेहरु उहि अश्थिपन्जरका

बिक्रम सम्वतहरु औंलामा

गनी गरिरहेछन र

आफ्नो अस्तित्वका धमिला

बिम्बहरु कोरिरहेछ्न कुनै

उत्कृष्ठ पागल चित्रकार जस्तै ।

 

र खोजी रहेछ्न्

अमूर्त इतिहासका उत्खननहरु

पहिचानका बाङ्गा टिङगा र

किरिङ्ग मिरिङ्ग रेखाङ्कित धर्साहरु

समावेश र समानुपातका

गड्तिरको बालुवा बिजमा बग्ने

तिरै-तिर कुलोहरु ।

 

समय फेरी

पटक्-पट्क छ्छ्ल्काइ रहन्छ

महाभिषणका ज्वारभाटाहरु

र अग्ली रहेछ निरन्तर

प्रलयका डरलाग्दा ढुंगे पहाडहरु

यतिबेला

आफ्नै हत्केलाका

खतरनाक प्रतिकहरु हेर्दै

भविष्यवक्ताहरु

आफ्नै अन्त्यको घोषणा गरिरहेछ्न ।

 

बेसान्दर्भिक

बाईसौ उत्तर आधुनिक शताब्दि

छिरी सकेकोछ गाउंमा

र बजाइ रहेछ बेतालको सारंगी

फुङमतीहरु बुट्टेचोलीहरुमा

केहि न केहि नया प्रयोगहरु

जन्माई रहेछ्न उत्पादन गरी रहेछ्न ।

 

बस्ती नया प्रयोगमा

पुरानो शताब्दी टेकेर बाची रहेछ

दौडी रहेछ्न मान्छेका हुलहरु

कहाबाट आंधी आएर कहा गयो ?

र स्वागतार्थ छ्न रोबट मुर्तीहरु

आगन्तुकलाई प्रयोगको

लिएर एक भारी नव स्वागत

बिगन्तुकलाई

हल्लाउंदै हात बिदाको 

(लेख्दै गर्दा-पर्देशको कुना साउदी अरब)

     घरदेश-धनकुटा

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |