हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

मिथिला प्याकुरेल , (भरतपुर)

धरती, आकाश, जून, तारा कतै खोजेर मिल्ने भए
म चुन्थेँ मेरो भागको खुशी रोजेर मिल्ने भए

महाकवि भन्छन् 'उद्देश्य के लिनु उडी छुनु चन्द्र एक'
म पनि उज्यालो संसार सोच्थेँ, सोचेर मिल्ने  भए

मेरो त छाक टार्ने सपना नून तेलको सपना
सपना कहाँ बन्थ्यो नून, पसिना बेचेर मिल्ने भए

यि हातका ठेला कहाँ उठ्थे नठगी ललाटका रेखाले
ए साथी ! तिम्रो जस्तै बनाउँथे यी रेखा काटेर मिल्ने भए

Comments

एकतारे

राम्रो गजल, काफियामा एकरूपता भए झनै राम्रो हुने थियो ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |