म खहरे नै हुन्छु
हरिमाया भेटवाल, ( )
धेरैछन् तिमीलाई हेरेर आनन्द लिनेहरु
तिम्रै किनारमा तिम्रो वखान गरी जिउनेहरु
तिम्रो गीत गाइरहन्छन्
तिम्रो निलो शरीर हेर्न
कोषौ टाढाबाट पनि धाइरहन्छन्
ओ समुद्र................
मलाई डरलाग्छ तिम्रो स्तव्दता
तिम्रो गहिराई
तिम्रो बेमौशमी छाल ।
म त फगत,
वर्षामा वर्सिने खहरे हूँ
निलो आकाशको मलाई भर छ
बोकेपछि पिठ्यूँमा उसैले
म झर्नै पर्ने कर छ
बाचुन्जेल
चट्टानका चेप र गल्छेडाहरुबाट
नागवेली हुँदै म वग्दा
तिमी वोकेर गर्भभित्र विशालु जन्तु
रमाउँदै हुन्छौ
म बोकेर फोहरहरुलाई
हाम फाल्दै गर्दा
तिमी चुपचाप
मेरो मृत्यु कुरिरहेको हुन्छौ
ओ समुद्र......................
तिमीलाई के थाहा झर्नु के हो ?
पखालेर फोहोर चट्टानमा ठोक्किएपछि
तिमिसम्म आइपुग्दा नपुग्दै मर्नु के हो ?
तर पनि म गर्व गर्छु मेरै मृत्युको
जस्को तिमी पर्खाइमा हुन्छौ
म भएरै त बाँचेको छौ तिमी
जसलाई भेट्न सँधै तिमी तिर्खाएकै हुन्छौ
ओ समुद्र..................
जतिसुकै गुनगान गाएपनि अरुले तिम्रो
म भने भित्रभित्रै त्रसित नै हुन्छु
लामो समय पर्खिएर भएपनि
म पुनः फेरी खहरे नै हुन्छु
किनकी......................
मलाई डरलाग्छ तिम्रो स्तव्धता
तिम्रो गहिराई
तिम्रो बेमौसमी छाल ।।
Comments
LOK MANI GIRI
सायदै मैले कमेन्ट कोर्थे कसैको कवितामा तर आज यो कविता सारै मन पर्यो बुझेर या नबुझेर ........किनकी...................... मलाई डरलाग्छ तिम्रो स्तव्धता तिम्रो गहिराई तिम्रो बेमौसमी छाल ।।..
skumar hamal
hi. hajur le jasari yo kabita lekhnu va6 eak dam ramro 6 tra ma ta kunai kabi ta hoena tehipani malai hajur ko kabi ta man par6 ra ramro lageyo jo ki ma pani alik2 ta lekh6u tehi pani hajur ko ramro 6 aagahami din ma mani lekhdai garnus safalta milne6 vanne janakari garau6u aajhai padna pairakhu ma hajur ko kabi ta haru ani ma jasta lakhau srota haru ko man jitna safal hos hajur ko yo kabita le mero subhakamana 6.