हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

महिला बोझ होइन महिलालाई बोझ छ यहाँ...........

सिर्जना भण्डारी, (काठमाडौँ )

जन्मदेखि मृत्युसम्म महिलामाथि अन्याय गरिन्छ यहाँ

नजन्मीदै छोरी भ्रुणलाई तुहाउन खोजिन्छ यहाँ

जन्माइयो भनेपनि छोरीलाई नासोमात्र ठानिन्छ यहाँ

बढाउँदा, पढाउँदा छोराछोरीमा भेदभाव गरीन्छ यहाँ

 

मौका आए दिइदैन तँ छोरी भनी पछि धकेलिन्छ यहाँ

यौवन टेक्न नपाउँदै छोरीलाई डोली चढाइन्छ यहाँ

छोरीलाई डोली चढाउन ठुलै धनराशी चाहिन्छ यहाँ

गोत्र परिवर्तनका नाममा छोरीको पहिचान गुमाइन्छ यहाँ

 

अझ कतैकतै त जन्मदाताबाट नै छोरीलाई बेचिन्छ यहाँ

छोरी जस्तै बुहारीलाई दाशीकै स्वरुप ठानिन्छ यहाँ

वंश चलाउन छोरो नै जन्माउन बाध्य गराइन्छ यहाँ

छोरीमात्र जन्माउनेलाई अपुत्रको संज्ञा दिइन्छ यहाँ

 

अशुभ केही भयो भने महिला अलच्छिन ठहरिन्छिन् यहाँ

महिला अघि सरीन भने पोथी बास्यो भनिन्छ यहाँ

धेरैजसो जिम्मेदारी महिलाको काँधमा हालिन्छ यहाँ   

तापनि महिलालाई केही नगर्नेको उपमा दिइन्छ यहाँ

 

दोष केही लागीहाले महिलाको अग्निपरिक्षा लिइन्छ यहाँ

विपरीत लिंगको दोषलाई पितृसत्ताको छाता ओढाइन्छ यहाँ

पतिको देहान्त हुँदा पतिटोक्वी अलच्छिना भनिन्छ यहाँ

महिलालाई जीवनभरी विध्वारुपी सजाय दिइन्छ यहाँ

 

पत्नीको देहान्त हुँदा खुट्टा भए जुत्ता कति..भनिन्छ यहाँ

कुरीति अनुसार चलिनन् भने छाडाको उपमा दिइन्छ यहाँ

अनुशासनको नाममा महिलाको स्वतन्त्रता खोसिन्छ यहाँ

आवाज उठाए आत्महत्याको मौन स्वीकृति दिइन्छ यहाँ

 

केही नलागे धर्मको आडमा महिला हत्या नै गरिन्छ यहाँ

तर जे होस महिलालाइ देवी मानिने नाटक गरीन्छ यहाँ

जन्म देखि मृत्युसम्म रंगमञ्चमा झैं खेल खेलिन्छ यहाँ

अतः महिला बोझ होइन महिलालाई बोझ बोकाइन्छ यहाँ

 

हे धर्ती! हे आकाश!! भन हामी महिला अव जाऊँ कहाँ ???

 

 

Jan-14-2012

Comments

मनिता लिम्बु

अती राम्रो लाग्यो| हाम्रो समाजमा महिलाको स्थिति यस्तै छ|

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |