हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दुई मुक्तक

अमृत सुबेदी (गुराँस) , (तनहुँ, हाल विग एफ एम पोखरा)

१.
थाहा छ फलेको हाँगो लचकदार हुनुपर्छ ।
यो लडाँईमा विचारको हतियार हुनुपर्छ ॥
बोल्दैन सुन्दैन तर मान्छे पुकारीरहेछन् ।
सायद त्यो हाम्रो निरीह सरकार हुनुपर्छ ॥

२.
मान्नुस् एक दिन देश स्वचालिक बन्नेछ ।
यो देशको जनता आँफै मालिक बन्नेछ ॥
लड्न नछाड्नु उ भाषणमा यस्तै भन्दैथ्यो ।
मर्यौ भने मुख्य चोकमा शालिक बन्नेछ ॥

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |