हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

अमृत सुबेदी , (तनहुँ, हाल विग एफ एम पोखरा)

माया पिरतीमा धोका खाइयो अनि भट्टी छिरियो
मन भुलाउने केही त चाहियो अनि भट्टी छिरियो

हेर छोरा विर्सेरनी जाँड रक्सी चुरोट खान हुँदैन
उसलाई सम्झाउनु सम्झाइयो अनि भट्टी छिरियो

वुढाहरुको पालो गए, नेतृत्व युवामा आउनुपर्छ
सडकमा लाउनु नारा लाइयो, अनि भट्टी छिरियो

कति हल्लिएर हिड्नुहुन्छ, श्रीमती भन्ने गर्थिन्
खुव मुस्कीलले जागिर पाइयो अनि भट्टी छिरियो

अध्यारो कुनामा वोत्तलसँग गजलका कुरा हुन्थे
र त उस्तै उस्तै मिलि आइयो अनि भट्टि छिरियो

Comments

krisna acharya

ramro 6

saubhagya acharya

derai ramro

ashafal gautam

भट्टी जानु त जाडोको मौसममा राम्रो हो । तर यो दिन सम्म भट्टी जानु जुन दिनसम्म तपाईंले त्यो भट्टीमा स्वाद पाउनु हुन्छ । त्यो दिन देखी जान छोडन् जब भट्टीले तपाईंलाई खान सुरु गर्ने छ । मेरो यही कामना छ
 असफल गौतम

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |