हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

विनिर्माण

शिव प्रकाश , (बोस्टन, अमेरिका)


उनको अनुहारमा संकोचका धर्साहरु कोरिएको देखेँ । यद्यपि मुस्कानका पातला
रेशाहरु त्यही अनुहारमा फहराएका थिए । मभित्र उत्सुकता थियो तर उनले भने कताकता निरपेक्षताको पातलो बादलको लेयर ओढे जस्तो लाग्यो, झट्ट हेर्दा । हुन त त्यो धेरै बेर टिकेन । सोचेँ– “यो मेरो अनुमान मात्र हो, अनुभव हैन । हामी धेरै अनुमानकै भरमा सोच्छौं, बुझ्छौं र चल्छौं ।आज चार वर्षपछि म उनलाई भेट्दै छु । जाडोले छोइसकेको काठमाण्डु चिसिदै गए पनि मनमा उब्जिएको उनीप्रतिको प्रेमले उनकै आँङको न्यानो सरे जस्तो गरि जीउलाई न्यानो बनाएको छ । एउटा वयस्क दिनमा स्फूर्तिसाथ म उनको घरमा पुगेको थिएँ ।
हिजो साँझ फेसबुकमा एक्कासी हेलोभन्ने वित्तिकै मेरो मनमस्तिष्कमा उ नाच्न थालेकी थिई, एउटी अविश्रान्त नर्तकी जस्तै । मैले सीधा प्रस्वाव राखेँ, “म तिमीलाई भेट्न चाहन्छु ।

के मा ? स्काइप कि मेलमा, अर्थात तरङ्गमा !हलुको उत्तर दिई ।
तरङ्गमा हैन, सशरीर यही धरतीमा ।लाग्योमेरोमात्र मनमा उ बसेकी छैन उनको मनमा पनि म बसेको छु । यसरी नै सधैं बसीरहन पाउँ । सधैं मनको पुतली भएर ।
मेरो उत्तरसँगै अपत्यरिलो पाराले अलि गम्भीर जस्तो भई । मप्रतिको उनको प्रेममय भाव अली अनुदार र संकुचित भए जस्तो लाग्यो । मलाई पनि कताकता अलि अप्ठेरो महसुस भयो तर त्यो अप्ठारोलाई चिर्दै भने– “अहिले त अलि अबेला भो भोली ।

अबेला मतलब ?” अलि संकोचित जस्तो पनि भई !
मतलब रातको आठ बजिसकेको छ, भोली कुनै बेला पनि म समय मिलाउन सक्छु ।

तिमी कहाँ हो अहिले
?”
घरमा !

घरमा मतलब
?”
सिनामंगलमा !

तिमी काडमाण्डुमा छौ ?” मानौ उनीभित्र एकाएक आश्चार्यको चैते हुरी चल्यो !

हो, म काडमाण्डुमै । तर मैले सोचेको थिइन तिमीसँग यसरी कुरा हुन्छ भनेर ।

इट इज सरप्राइज फर मी ! ल म घरमै हुन्छु भोली दिनभर । दिउँसो जतिबेला आए पनि हुन्छ तर आउनु अघि एक कल दिनु ।हुरी शान्त भए जस्तै सहज हुदै घरको ठेगाना र फोन नम्बर दिई ।

मलाई भोलीको औडाहले दौडाउन थाल्यो । उनलाई भेट्ने तिर्सना काकाकुल बनेर मभित्र फनफनी घुम्न थाल्यो । चिसो त्यो रात त्यसैत्यसै झन् चिसो र झन् लम्बिए जस्तो भयो । हरेक क्षण, हरेक पलहरु तन्किदै गए जस्तो अनि निद्रासँग पारपाचुके भए जस्तो भयो । ओल्टेकोल्टे फेर्दै रातसँग लडाइँ चल्न थाल्यो । कुनै साथी एकाएक शत्रु भए जस्तै त्यो रात पनि एकाएक मेरो शत्रुवत् रात भइदियो । मान्छेसँग लड्दा लड्दै निरन्तर हारे जस्तै त्यो शत्रुवत् रातसँग पनि निरन्तर हारिरहेँ । रातभर हारिरहेँ । मेरो पराजयका लागि त्यो रातको शिखण्डी बनेर अनिशा रातभर मेरा आँखामा बसीरही । अँध्यारो शहरको बन्दकोठाभित्र अनिशासँगै लुम्लेका उकाली ओरालीमा मन ओहोरदोहोर गर्न थाल्यो । त्यही कोठाभित्र म पोखरा र लुम्ले सबै घुमे । एक रात बिताएको लुम्लेको कविता गाउँले वर्षौ विताएको ठाउँ जस्तो भएर मलाई डुलाउन थाल्यो । पोखरादेखि पोखरासम्मको यात्रालाई जीवनकै सबैभन्दा रमाइलो यात्रा बनाउँदै त्यो सेतो माइक्रोबसले मलाई फेरी दौडाउन थाल्यो । उतै पुर्यायो, उतै घुमायो । रातभर दौडाइ रह्यो ।
अँ, पोखरामा ओर्लेर उ कता गई थाहा भएन । सोध्ने हिम्मत पनि भएन । मन त्यसैत्यसै अमिल्ये जस्तो भएको थियो । त्यतिबेला उसको अनुहारको उदासताभित्रबाट फक्रिएको त्यो मीठो मुस्कानको फुलरुपी उपहार मेरै लागि हो जस्तो लागेको थियो । त्यसले नै मेरो मनलाई सान्त्वना दिएको थियो । त्यो मुस्कानको झझल्को आइरह्यो ।

ती उकाली ओरालीमा हिड्दा जानेरनजानेर अनि जानीजानी वा नजाने जस्तो गरी लागेका ती हलुका स्पर्शहरु मनमा तरंगित भइरहेर, रातभर नै भइरहे । कतकता रमाइलो पनि लाग्यो । यो कस्तो तिर्सना ? प्रेमका स्वरुप र परिभाषा पनि अनेक छन् । यो कस्तो प्रेम ? चार वर्ष भै सकेको छ तर न सधैं अनिशालाई सम्झिरहेको छु न त कहिल्यै विर्सनै सकेको छु । आफैसँग बातैबातमा रात विताएँ । फेवातालमा दिशाहिन तैरिएको डुङ्गा जस्तै मेरा आँखामा उ रातभर तैरिरही । लाग्योउनका नयनतालमा पनि म यसरी नै सधैं तैरीरहन सकुँ । आफैलाई सोधेँके अनिशालाई पनि मलाई जस्तै भएको होला

Ȱ  Ȱ  Ȱ   Ȱ   Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ   Ȱ Ȱ  Ȱ  Ȱ  Ȱ
माइक्रोबसको ठेलमठेल माइतिघरदेखि नखीपटसम्मको यात्रा । उफ ! कति सकस ? कति उकुसमुकुस र दिग्दार लाग्दो ? त्यसमाथि उरन्ठेउलो ड्राइभरको भन्जाहा हकाई । अन्तिम सीटमा बसेको म, माथि सिलिंगमा ठोकिएर टुटुल्को उठ्ने गरि उफारेको ३२२२ नम्बरको त्यो माइक्रोबस ! टुटुल्को देखाउँदै निक्कै रिसाए तर केही अर्थ भएन ।यस्तो नाथे त भइरहन्छ, मान्छे मर्दा त केही हुदैनउल्टो मलाई मुर्ख बनायो त्यो ड्राइभरले । सोचेकति सस्तो मान्छेको जिन्दगी ? सम्पूर्ण सास्ती भोग्ने त हाम्रो नियति नै भएको छ । मैले मेरो आक्रान्त मनको दुःखपीडालाई त्यसरी नै दबाएँ, जसरी नेपाली जनताले सधैं दबाइरहेका छन् ।
 त्योबीच उनका केही कलहरु मैले मिस गरिसकेको रहेछु । माइक्रोबाट ओर्लिएर फोन गरे ।हलो, म आइपुगेँ ।एक घण्टीमै फोन उठ्यो । लाग्योमेरै फोनको प्रतिक्षामा थिई ।

तर जे सोचेको थिएँ त्यो भन्दा घरको वातावरण फरक थियो । त्यहाँ पुगेपछि लाग्यो, सेती गण्डकी जस्तै भित्रभित्रै लुकीलुकी बग्न चाहेका मेरा अनन्त इच्छा फेवाताल जस्तै टिलपिल टिलपिल भएर आफैंभित्र जमेर बस्ने भए । केही मान्छेहरु भित्री कोठाको भित्तामा रंग पोत्दै थिएँ । मलाई मन पर्ने हलुका गुलावी रंग थियो त्यो । मनमनै भनेअनिशाको मनका सबै कोठामा म यस्तै गुलावी रंग भएर यसरी नै पोतिएर सधैं बस्न पाए हुन्थ्यो ।

पानी पिउँ है प्रेममय मुस्ताङे थकाली आतिथ्यको सुवासित उनको आवाजको उत्तरमा मैले हुन्छ भने तर मनमनै प्रेमको प्यास पानी मेटाउँदैभन्दै पानी पिइदिएँ ।

जीवनको विविध पक्षमा कुराकानी हुन थाल्यो । अनिशाले केही दिन पहिले फेसबुकको च्याटमा आफ्नो जीवन यात्राको बाटोमा पहिरो गएको रहस्य खोल्न चाहेकी थिई तर मैले त्यो कुरालाई मोडेर अरु नै कुरामा कुरा टुङ्ग्याएको थिएँ, यो कुरा भेटेरै गरौला भनेर । आज मैले त्यही जिज्ञासा कोट्याएँ । उनले आफ्नो जीवनमा आएको एकांकीका दृश्यहरु शब्दमा एकएक गरेर खोल्दैओकल्दै मलाई देखाउन थाली । मुर्तिवत् म एकतमासले बसीरहेको छु । सुनिरहेको छु । हेरिरहेको छु । बेलाबेलामा म उनको अनुहारमा हेर्छु, धमिलो काली गण्डकी सलल बगेको देख्छु । पढेलेखेकी एक शुशिल र भद्र यौवना अनि एक लेखिकामुस्ताङकी परी अनिशा ! उनको जीवन र व्यक्तित्वको महत्व त्यही कालीगण्डकीको शालिग्राम जस्तो देख्छु । चिन्नेका लागि शालिग्राम नत्र केवल एउटा ढुंगो ।
 
मलाई लोग्नेमान्छेप्रति केवल घृणा छ ।आफ्ना विदारक व्यथाहरु सुनाउदै छे । व्यथाले भरिपूर्ण उनको कथाले मलाई भित्रभित्रै बेस्कन हुँडलीरहेको छ । मेरा संवेदनालाई चसक्कचसक्क घोचिरहेको छ । लाग्योउनको जीवनयात्राले बादरजुङ् भीरको डरलाग्दो यात्रानियति भोगिसेकेको छ ।
धेरै सुनिसकेपछि मैले भने– “अनिशा, त्यो लोग्नेमान्छेलाई के थाह प्रेम भनेको ओछ्यानको भेट र सुन्दरता भनेको अनुहारमा पोतिएको लेपन मात्र हैन भनेर ।उ मुसुक्क मुस्कुराई । अहिले उनको अनुहार ढकमक्क गुराँस फुलेको लुम्लेको पाखो जस्तो भयो उज्जलकान्तिमय ! म एकछिन् फेरि त्यहाँ हराएँ ।
मैले उभित्र आफुलाई धेरै खोजेँ तर भेट्टाउन सकिन । त्यसैले आज उ अरुको भएको छ जो कुनै दिन मेरो लोग्ने थियो । म केवल आफुमात्र छु अहिले ।उनको अनुहार बेलाबेलामा मुस्ताङका ती रुखा र उराठलाग्दा फाँट जस्तो हुन्छ । एकतमासको ठीट लाग्दो । सोचेँयो कस्तो जीवन ? जीवनदेखि आजित भएर फेरि जीवनकै लागि बाँच्नु पर्ने ! कस्तो वाध्यता यो जीवनको
?
अनिशा, अब तिमीले आफूलाई उ भित्र हैन आफैभित्र खोज । हामी मान्छेमा एउटा ठूलो कमजोरी छमान्छे संसार खोज्छ तर आफूलाई खोज्दैन । संसार भेटाउँछ तर आफूलाई भेटाउँदैन । र त मान्छे आफैसँग अपरिचित छ ।म त भन्छु अनिशा– “मान्छे, तिमी अन्तिम प्रश्न आफैंसँग गर, अन्तिम समयसम्म आफूले आफैंलाई खोज । अनिशा खोज, तिमीले आफूभित्र आफूलाई भेट्टाउँछौ, र हरेक प्रश्नको उत्तर पनि आफैबाट पाउँछौ । हो अनिशा, आफूले आफूलाई नै निर्माण गर्ने हो अर्थात विनिर्माण ।

अँ तिमीले मेरो नयाँ उपन्यासको पाण्डुलिपी पढ्ने भनेका थियौ नि । तल कोठामा जाउँ है ।वयस्क दिन ढल्किदै छ । सँन्ध्याको घुम्टोभित्र लुक्न खोज्दैछ दिन । हलुका चीसो बढ्न थालेको छ । यो समय आज जहिँको तहिँ टक्क रोकिए कस्तो हुने थियो ? तर समयलाई रोक्ने तागत न अनिशासँग थियो न मसँग । मनमनै गुन्दै म उनको पछि लागेर तल कोठामा आएँ ।

असरल्ल कोठा । अर्को कोठामा रङ्ग पोतिरहेका छन् अझै केही मान्छे । हामी दुबै पलङ्को छेउमा बस्यौ । काठोमा छिरेपछि म एकछिन् स्वप्नबगैंचामा डुलेँहा ! यो कोठामा अलिबेर समय बिताउन पाए हुन्थ्यो तर अफसोच... !
कफी पिउँ है !फेरि अर्को सौम्यसुवासित आतिथ्यताको अफर आयो । मैले चुपचाप सहमतिको टाउको हल्लाएँ । अँ यो उपन्यासको पाण्डुलिपी पढ्न सुरु गर्नु भन्दा पहिला एक छिन् कुरा गरौं है ।मैले हुन्छ मात्र भने । विविध विषयमा कुरा हुन थाल्यो । प्रेम, बिवाह, सेक्स, साहित्य आदि ।

तिमी कथा लेख्छौ तर कथामा के हुनु पर्छ जस्तो लाग्छ ?” अरु विविध विषय र प्रसंगमा उनका धेरै प्रश्न र जिज्ञासाहरु कहिलेकाहीँ बालसुलभ जस्ता हुन्थे तर यो एउटा प्रौढ र कठिन प्रश्न थियो मेरा लागि ।

मलाइ लाग्छ– “जीवनलाई डोर्याउने कथानक तत्व नै कथा हो । हो वास्तवमा कथा, मानव मस्तिष्कको सारथि हुनु पर्छ । कथामा श्रृंगार भन्दा विचार र सज्जा भन्दा सन्देश हुनु पर्छ जस्तो लाग्छ । सोच त अनिशा, श्रृंगारले भुलाउँछ मात्र तर विचारले डोर्याउँछ । कथाले मानव मस्तिष्कलाई डोर्याएको हुनु पर्छ, भुलाएको हैन । श्रृंगार जहिले पनि अनुहारमा हुन्छ तर विचार, मन र मस्तिष्कमा हुन्छ । माकुराका जालमा झिँगा अल्झिए जस्तो अनुहारमा आँखा अल्झिन सक्छन् । त्यो अल्झाइ एकछिन्, केही छिन् वा केही दिनका लागि हुन सक्छ तर जीवनलाई डोर्याउने त मन र मस्तिष्क नै हो । जहाँ विचारको बास हुन्छ ।उ एकनासले मेरो अनुहार हेरिरहेकी छे ।
कोठामा कफी आइपुग्यो । हामी दुई गफमा भुलेका छौं । अब उपन्यासको पाण्डुलिपी पढौं है ।अनिशाले ल्यापटम अन गरि ।
उपन्यास पढ्न थाले, उसंगै बसेर सुन्न थाली । विस्तारै उनको र मरो कुम नजिकिदैं गए, हलुका स्पर्श गर्दै बेलाबेलामा साउती मारे जस्तो गर्न थाले । त्यो स्पर्शले मन स्पन्दित हुन थाल्यो । तरंगका मसिना छाल सुस्तरी मनको गहिरो तलाउमा फैलदै गए अनि पढ्दा पढ्दै म अकमकिन  थाले ।

तिमीले लेखेको यो उपन्यास तिमी नै पढ, तिमी सजिलोसँग पढ्न सक्छौ ।

उ उपन्यास पढ्न थाली । पहिलो भागको एकचौथाइमा पुगरे सोधी– “केही बुझ्यौ, केही पात्रहरु ठम्यायौ
?”
अहँ, बुझिन ।

अर्को प्याराग्राफ पढी र फेरि सोधी– “केही बुझ्यौ ?” “अहँ, बुझिन !आधामा पुरेर सोधी, मैले फेरि पनि केही बुझिन भने । उ बुझ्यौ भनेर सोधिरहेकी छे म छैन भनेर उत्तर दिइरहेको छु । उ हरेक प्याराग्राफ पछि सोध्छे, म हरेक सोधाई पछि बुझिन नै भन्छु । पहिलो भाग पुरै सिध्याई र सोधीअब त केही बुझ्यौ ? “अँ हँ, केही बुझिन !

हामी एकछिन उपन्यासबाट बाहिरिएर लुम्लेतिर पुग्यौ । स्मरणका ती आलापत्रहरु कोट्याउँदै मेले लुम्लेको त्यो साँझको कुरा गरेँ । कफीको चुस्की लिदै घाँसाको सल्लाघारी सुस्ताए जस्तो स्वरमा भनि मैले त्यतिबेला सायद तिम्रो साहरा खोजेकी थिएँ ।”  

म एकछिन् अवाक भएँ । त्यो क्षण.... ! सायद फेरि आउँदैन ।
बेलाबेला बुढीआमा भित्र पस्नु हुन्छ र उभिनु हुन्छु । मलाई भने यहाँ कोही नआइदिए हुन्थ्यो जस्तो लागेको छ । उनलाई पनि त्यस्तै लागेको हुनु पर्छ । उ पनि सायद हामीबीचको दूरी फेरि एकपटक हटाउन चाहन्थी । जुनकीरीको बत्ति जस्तो संकेतका ती झलक बेलाबेलामा झल्किन्थे ।
अब म अन्तिम भाग पढ्छु है, तिमीले केही बुझ्छौ कि ?”

अन्तिम भाग हैन पुरै पढिदिए जस्तो भइरहेछ मलाई । उ पढ्न थाली । हरेक प्याराग्राफ पछि पहिलेकै जस्तो उनको सोधाई बुझ्यौर मेरो जवाफ अहँ बुझिनले नै निरन्तता पायो ।  सायद उसले ठानीयो बुद्दू रहेछ यसले के साहित्य सिर्जना गर्छ, कसरी कथा लेख्छ ? उ निरन्तर पढिरहेकी छे । म सुनिरहेको छु । निक्कै लामो छ अन्तिम भाग । मलाई लागिरहेछ अझै लम्बियोस् ।
मैले पढ्दा उनका औंला किबोर्डको क्रसर सार्नेमा हुन्थे अनि उनले पढ्दा मेरा । क्रसर चलाउँदा पालो गरिगरी हाम्रा औला लुम्लेमा जस्तै जानी नजानी नजिकिन्थे । बेलाबेलाम चिसो र तातोको अनुभव एकै पटक भए जस्तो हुन्थ्यो मलाई । मतिर ढल्किएकी अनिशाको कुमले साच्चै जीवनले फेरि साहार र साथ खोजेको हो भन्ने लागिरेहेको थियो । कुम र ती औंलाले मनको भित्रीतहसम्म स्पर्श गरिरहेका थिए । म अनिसासँग अहिले उनको त्यो बन्दकोठाभित्र फेरी लुम्ले र पोखरा घुम्दै छु । कविता गाउँमा उनको घुम्रिएको केशकविता सुन्दा छामेको आफ्नो केश फेरि छाम्दै छु । उनको उपन्यास कसरी बुझ्नु मैले
?
उ सोधीरहेकी छे– “केही बुझ्यौ ?” मेरो उत्तर उही छ– “अँहँ, बुझिन !मनमनै लागेको छ उसले अझै पढोस् मलाई अझै बुझाउन खोजोस् ।उसलाई थाह छैन, मैले किन बुझिन भनेर !
लगभग जोडिन लागेका हाम्रा गाला जानेर नजानेर लक्ष्मणरेखा पार गर्न खोज्थे । लालुपातेको रंग उनको अनुहारमा चढ्दै गरेको आभाष मलाई भइरहेको थियो । लहलह पक्रिएको उसको केशराशीबाट मतिर लौसिएका केशका रेशा मेरा परेलीमा ठोक्किदै, नाक र गालालाई सुम्सुम्याउँदै थिएँ । म बेलाबेला आँखा चिम्लिेन्थे, ध्यानमग्न सुने जस्तो गरेर । केशका ती मुलायम रेशाले मलाई असीम अनुभूतिमा डुवाइरहेका थिए । स्वप्नवागमा डुलाइरहेका थिएँ । स्पर्शसुखको अनुभूति गराइरहेका थिएँ । उ पढीरहेकी छे । उ मलाई बुझाउन खोज्छे तर मेरो मनको बुझाइ उसले बुझेकी छैन ।

रंग पोत्नेहरु सायद विदा भै सकेका छन् । बुढीआमा पनि कतै जानुभएको छ । उपन्यासको अन्तिम भाग पनि सक्किसकेको छ । अब त्यहाँ चकमन्नता मात्र छ । त्यो चकमन्नताभित्र दुई चंचल मन ! ऐनामा जस्तै म उनको अनुहारमा स्नेर र ममत्व देखिरहेको छु !
Ȱ  Ȱ  Ȱ   Ȱ   Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ  Ȱ   Ȱ Ȱ  Ȱ  Ȱ  Ȱ
आखिर हामी मित्र मात्र हौ नि, प्रेमी प्रेमिका त होइनौं नि...... ?” उनको प्रश्नले यथार्थताको उद्घाट गरिदिएको छ ।

तर प्रेमको सुरुवात पनि मित्रता बाटै हुन्छ नि, हैन र ! फूल फुल्न कोपिला हुनै पर्छ । प्रेमको कोपिला नै मित्रता हो । अनिशा, केही फूलहरु कोपिलाभित्र धेरै दिन बाँधिन्छन् भने केही फूलहरु छिट्टै फक्रिन्छन् । अनि प्रेमको आकार र आधार पनि मित्रताभित्रै बनेको हुन्छ, जसरी कोपिलाभित्र फूलको बन्छ । अनिशा, आखिर मित्रतामा असम्भव नै के छ र..... ?” मित्रताको कुरा गर्दा गर्दै केही मित्रको फोनको कर्कष आवाजले मलाई त्यहाँबाट छिटो हिड् भन्ने संकेत गरिरहेको थियो ।
अनिशा म जानु पर्छ अब ।हामी छतमा गयौं । सुस्ताएको घामले पहाडको कुनाबाट चिहाउन थालिसकेको थियो । इँटढुंगाको शहरले गोधुली छेके पनि पश्चिममा सँन्ध्याले लाली ओढेर आकाशलाई रंगाइ सेकेको थियो । अनिशा एकहोरो त्यतै नियाल्दै थिई, सायद उसले त्यहाँ जीवनको रंग देखी ! अनिशालाई अँगालो भरि कसुँ जस्तो लागेको थियो । लाग्योदिन ढलिसकेको छ, कसैले केही देख्दैन तर आकाशका आँखा खुल्लै थिए ।
फोनको घण्टी निरन्तर बज्न थाल्यो, मैले बिदा मागेँ । गुँरासँ फुले जस्तो उनको अनुहार कताकता सुकेको सालको पात जस्तो भयो, अलि फुस्रो । उनका आँखा मेरा आँखामा निक्कैबेर गतिहिन अडिएँ, सायद मेरा पनि ! उनका आँखामा भावुकता बढी थियो ।

एक्कासी मुस्कुराउँदै भनी– “हो, तिम्रो भनाइ ठीक हो मित्रतामा असम्भव नै के छ र....? अब म आफूलाई पूःन निर्माण गर्छु, विनिर्माण गर्छु । आजदेखि म एक्लो छैन, मेरो सबैभन्दा पहिलो, बलियो र असल साथी म नै भएको छु । त्यसपछि तिमी पनि त छौं नि ।

म सोच्छुम जीवन साथी हुन नसके पनि जीवनभरको साथी पक्कै हुन सक्छु तर मप्रतिको उनको बुझाई ....अझै थाह छैन ! उनैलाई मात्र थाह होला ! हुन सक्छ उनको एकाङ्कीं जीवन जस्तै यो मेरो एकाङ्कीं विचार हो ।
उनलाई भेटेपछि दुःख्न छोडेको टुटुल्को छुट्टिए पछि फेरि दुःख्न थाल्यो । माइक्रोबस चढने ठाउँमा गएँ, जहाँ म ओर्लेको थिएँ । उही पहिलेकै ३२२२ नं को माइक्रोबस । उही पहिलेकै सबैभन्दा पछिल्लो सीट । विधाताले मलाई आज पनि त्यस्तै गर्यो  जस्तो प्रायः सधै गर्ने गर्छ भन्दै चित्त बुझाएँ ।

साँझ झमक्क भइसकेको छ । मित्रहरु बानेश्वरको एउटा रेष्टुरेण्टमा पर्खिरहेका थिए । हस्याङ्फस्याङ गर्दै पुगेँ ।
, जैमली कहाँ हराएको तिमी यत्रो बेर ? बलै कविले सोधे ।

विनिर्माणमा !

के गरियो त यत्रो बेर ? गजलगेडी सम्राटले सोधे ।
मुस्कुराउँदै जवाफ दिएँ– “विनिर्माण !

दुबै मुस्कुराउँदै एकै स्वरुमा सोधेके हो त्यो भनेको
?
हाँस्दै भने– “विनिर्माण, ‘जस्ट विनिर्माण !

उनीहरु पनि हाँसे ।

अहिले म बोस्टनमै बसेर बेलाबेला देशका धेरै लुम्लेहरु घुमिरहेको हुन्छु । आफुलाई विनिर्माण गरिरहेको हुन्छु यस्तै कथा लेखेर ।

 

नोभेम्बर २३, २०११

 

Comments

K R Sharma

Ramro Shilpa - Shaili, Prstuti, Biraratmak katha.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |