हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सालिक ढलेपछि

मन्जु निरौला, (मेरिल्याण्ड, अमेरिका)

ईतिहासको बुर्जामा अवस्थित  
निर्जीव पत्थरको सालिक ढालेर  
पुरुषार्थ देखाउने पौरखीहरु  
मन्दिर टँुडाल अनि पाटी पौवा भत्काएर  
देशलाई निर्लज्ज बनाउने भष्मासुरहरु  
ऐतिहासिक परिपाटी ढालेर किन   
असभ्यताको पूरक बन्न थालेका छौ   
  
हिम्मत छ भने देशको कुटिल राजनीतिलाई ढाल  
सर्वनाश गर्न चाहन्छौ भने  
फैलिएका दुर्गन्धित गन्धहरुलाई फाल  
षडयन्त्रमा पि_िल्सएका जनताको पीडा फाल  
साँच्चै नै देशभक्त राष्ट्र्भक्त हौ भने  
निर्जीव सालिक ढालेर पुरुषार्थ देखाउनुको सट्टा  
आहत् नेपालीको पीडा बुझी  
देशमा रहेको विवाद झगडालाई फाल  
अल्झिएको विषाक्त गृहयूद्धलाई फाल  
  
साँच्चै नै पराक्रमी छौ भने  
भाषण र भ्रष्टाचारमा मग्न व्यस्त भएका  
सत्ताप्रेमी दूराचारी नेताहरुलाई ढाल  
वीरताको परिचय दिई राजतन्त्रमात्र होईन  
कुसर्ीको लोभमा मात्तिएका दुष्ट मतिका मतियारको  
वक्रदृष्टिलाई ढाल घुसखोरीलाई ढाल  
देशलाई नै बिकाउ गर्ने  
कुहिएका मक्किएका विचारधारालाई ढाल  
  
सालिक बोल्न सक्दैन पीडा बाँड्न सक्दैन  
मानसिक सँवेदनालाई ढुङ्गाको सालिकले  
भोग्न सक्दैन अनुभूति गर्न सक्दैन  
नेपालीको रोदन निर्जीव ढुङ्गे सालिकले बुझ्न सक्दैन  
विवश पिडित निष्ठुरी जनता अमूक बनेर  
ढुङ्गाको सालिक ढलेको तमाशा हेरी  
थपडी बजाई ईतिहास ढलेको पनि हेर्न सक्छ  
देशले भोगी रहेको गृहकलहमा  
देशै जलेको पनि रमाएर हेर्न सक्छ ।   
  
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |