तिम्रो गीत सम्झँदै
प्रकाश सायमी, (ललितपुर )
कुनै समय हामी दुवै
गाउँथ्यौ
एउटै सुर
म पनि गाउँथे गीत
सपनाजस्तै मिठो स्वरमा
जीवनजस्तै मधुर लयमा
तिमी जस्तै म पनि बोल्थे हृदयको धुकधुकीमा
तर तिमीले जस्तो
मैले मेरो घाँटी बन्धकी राख्न सकिनँ
बेचिनँ मैले मेरो आवाज
गुमाउन चाहिनँ मेरो स्पन्दन
मेरो धमनी
धेरै दिनपछि आज
तिमीलाई काँचको पर्दामा देखे
सजिसजाउ
भरिभराउ रंगीन पोशाकमा
तर नाँगो निहत्था नाँगो
गाइरहेको । बोलिरहेको । चिच्याइरहेको तिमी
तर त्यहाँ तिम्रो आवाज थिएन
तिमी गाउँदा कुनै छायापुरुष गुन्जिरहेथ्यो
तिमी बोल्दा कुनै खलापात्र सुनिन्थ्यो
तर तिमी त हरकत गरिरहेथ्यौ
मात्र हरकत ।
म चूपचाप अतीत सम्झिरहेथेँ
तिमी आवाज थियौ मेरो
म आवाज थिएँ तिम्रो ।
तिमीलाई हतार थियो
मलाई छोडेर तिमी टाढा पुगिसकेछौ
तिम्रा आँखा चालबाज थिए
बोल्थे केही, भन्थे केही
तिम्रा खुट्टा वाचाल थिए
हिँड्थे कतै , पुग्थे कतै
तिम्रा खुट्टा कहिल्यै तिम्रा भएनन्
तिम्रा हात तिम्रा भएनन्
मस्तिष्क तिमी बोक्थ्यौ , सोच्थे अरु कोही
तिमी सबै कुरा बन्धकी राखेर धेरै छिटो हिँड्यौ साथी
मलाई छोडेर ।
म यहीँ छु
तिम्रो एक धर्को आँसुले कोरिएको
सिमानामा
मलाई हतार छैन
कहिँ पुग्न ।
किनकि मेरा खुट्टा मसितै छन्
मेरा आँखा मेरा कान मेरा ओठ अझै मरेका छैनन्
मेरा खुट्टा त्यहीँ गाडिएका छन्
जहाँ म जन्मिएको हुँ
मेरा खुट्टा त्यहीँ उभिनेछन्
जहाँ मेरो स
। कविता
तिम्रो गीत सम्झँदै
कुनै समय हामी दुवै
गाउँथ्यौ
एउटै सुर
म पनि गाउँथे गीत
सपनाजस्तै मिठो स्वरमा
जीवनजस्तै मधुर लयमा
तिमी जस्तै म पनि बोल्थे हृदयको धुकधुकीमा
तर तिमीले जस्तो
मैले मेरो घाँटी बन्धकी राख्न सकिनँ
बेचिनँ मैले मेरो आवाज
गुमाउन चाहिनँ मेरो स्पन्दन
मेरो धमनी
धेरै दिनपछि आज
तिमीलाई काँचको पर्दामा देखे
सजिसजाउ
भरिभराउ रंगीन पोशाकमा
तर नाँगो निहत्था नाँगो
गाइरहेको । बोलिरहेको । चिच्याइरहेको तिमी
तर त्यहाँ तिम्रो आवाज थिएन
तिमी गाउँदा कुनै छायापुरुष गुन्जिरहेथ्यो
तिमी बोल्दा कुनै खलापात्र सुनिन्थ्यो
तर तिमी त हरकत गरिरहेथ्यौ
मात्र हरकत ।
म चूपचाप अतीत सम्झिरहेथेँ
तिमी आवाज थियौ मेरो
म आवाज थिएँ तिम्रो ।
तिमीलाई हतार थियो
मलाई छोडेर तिमी टाढा पुगिसकेछौ
तिम्रा आँखा चालबाज थिए
बोल्थे केही, भन्थे केही
तिम्रा खुट्टा वाचाल थिए
हिँड्थे कतै , पुग्थे कतै
तिम्रा खुट्टा कहिल्यै तिम्रा भएनन्
तिम्रा हात तिम्रा भएनन्
मस्तिष्क तिमी बोक्थ्यौ , सोच्थे अरु कोही
तिमी सबै कुरा बन्धकी राखेर धेरै छिटो हिँड्यौ साथी
मलाई छोडेर ।
म यहीँ छु
तिम्रो एक धर्को आँसुले कोरिएको
सिमानामा
मलाई हतार छैन
कहिँ पुग्न ।
किनकि मेरा खुट्टा मसितै छन्
मेरा आँखा मेरा कान मेरा ओठ अझै मरेका छैनन्
मेरा खुट्टा त्यहीँ गाडिएका छन्
जहाँ म जन्मिएको हुँ
मेरा खुट्टा त्यहीँ उभिनेछन्
जहाँ मेरो सपना छ ।