हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जवाफ

विद्या सापकोटा, (काठमाण्डौं, नेपाल)


अस्ताउँदो
घामलाई हेर्दै
छोड्छौ रे सुस्केरा
‘भुली गई निष्ठुरीले’ ।।

तर
तिमीले पनि त भुलेछौं
अस्ति, हिजो
र आजैका अनुभूति ?

आखिर !
तिमीलाई
सुस्तरी–सुस्तरी
छुस्स–छुस्स छुन आइरहने
अघि
भर्खरै मात्र पनि
गर्लम्मै अंगालो हाल्ने
त्यो हावाको झोक्का
मैले
आफ्नै
श्वास रोकेर पठाएको
स्पर्श उपहार न थियो ।।

 

Comments

Hemraj koirala

Ramro lagayo....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |