दशै
प्रेम कुमार ओली , ( )
पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाएर आयौ
आउनु नै थियो भने
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढक्ढकाएर आयौ
यदि आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
र लोकल ठर्रा होइन
रागो बोकाको साथ
झक्कले अनी अक्कले खसी ल्याउनु ।
परार जस्तो
फाटेको टोपी
अनी टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट र बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
भोको पेट के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा,दशै
मिठो मसिनो मन्सुली धान ल्याउनु ।
तिमीलाई सक्थे भने त
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने त
तिमीलाई थुन्न चिडियाखान नै लग्थे
धनी अनुहार बिग्रिए पनि
कमसेकम गरीबले त ताली ठोक्थे ।
अब आइहाल्यौ आगनमा
सके कसी बोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यसपालि ससुराल जादा
कमसेकमा बस भाडा उठ्ने गरी
खल्तिमा छाउनु
खसी बोका नसके पनि
बोइलर कुखरा होइन है,वाक्क भाछ
लोकल कुखरो त खुवाउनु ।