गजल
आनन्द श्रेष्ठ , (काठमान्डौ )
कुनै बेला मुत्युलाई हराएर हाँसेँ
आज आफै मृत्युसँगै डराएर हाँसेँ
मृत्यु पनि लाछि रै'छ जिस्काएर भाग्छ
उनको त्यही बानी मन पराएर हाँसेँ
हिजो आ'को भूकम्पमा आफू बाँचे पछि
मध्यरातमा चिच्याउँदै कराएर हाँसेँ
समयको खेल हो या मेरै भाग्य त्यस्तो
मृत्युलाई भाग्नु पर्ने गराएर हाँसे ।
२०६८-०६-०२
Comments
Prakash Sayami
Congratulation anand ji, such a nice Ghazal . keep high.
ananda shrestha
यो गजल प्रकाशनका लागि धन्यबाद छ ।