हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमि नहुँदामा

नर बहादुर दाहाल , (दार्जिलिंग )


तिमी नहुँदामा

के हुन्छ

हाल मेरो ?

हुँदैन हाल केही

बेहाल हुन्छ मेरो ।


तिम्रो उदासी

दिन

पल

महिना गर्दै

हेर

समय धेरै गइसक्यो ।

 

उदास देख्छु,

तिमीलाई सँधैं

तिमी नबोलेको

तिमी नहाँसेको

लाग्छ,

वर्षौं भइसक्यो

यसपालाको झरी

आऊ

भिजौं हामी

कसैले

नदेख्ने गरी...,!

हाम्रै निम्ति

परेको हो,

यसपालाको

यो झरी ।


मलाई सम्झनू

तिमी सँधैं

मेरै हौ

आफ्नोलाई

अब म के भनुँ ?

जसरी बितोस

दिन

तर

रातिको प्रार्थनामा

सँधैं मलाई सम्झनू ।

 

आँखा ओभाएनन्

जीवनमा

कति बोलाउँदा पनि

कोही आएनन् ।

 

भएकाहरू पनि

धेरै दिन

हृदयमा अटाएनन् ।

सँधैं गीत

एक्लै गाएँ

कसैले

स्वर मिलाएनन् ।

 

यसरी नै

व्यग्रतासित बित्दैछ दिन

यसैले

अझ पनि भन्छु

फर्क प्रिये !

तिमी गएदेखि

यी आँखा

कहिल्यै ओभाएनन् ।

Comments

shyam kumar majhi

i like your kabita,when i read  its touch my heart.its like a real event .

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |