हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

मिथिला प्याकुरेल , (भरतपुर, चितवन)

कहाँ खोज्छौ तिमी मलाई तिम्रै आसपासमा छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म
 
छाम्न सक्छौ , छु तिम्रै दिलमा , हेर्न सक्छौ हेर आँखा भरी
कहाँ कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म
 
जहाँ पुकार्छौ मनले तिमी त्यही हुन्छु म विश्वास गर
जूनमा छु, तारामा छु, साँच्चै सिँगो आकाशमा छु म
 
सुखमा छु, दुःखमा छु, तिम्रो हरेक भोगाईमा छु
आँतोमा छु, पिठोमा छु तिम्रो हरेक गाँसमा छु म
 
वन पाखामा छु , छु उकाली ओरालीका तिम्रा सुसेलीहरुमा
पहाडमा छु, खोलीमा छु, पलास, अनि गुराँसमा छु म

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |