हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सोचाइ

हरि घिमिरे, (भर्जिनिया )


बालुवाभरि मनोकाङ्क्षा समेटेर

पोको पार्दे हिडेको ऊ

पर पुग्दा-हात रित्तै भएछ

वा पोको रित्तै भएछ

उसले दुखेसो मसँग पोख्यो

म पनि त त्यही शिकार भएको हुँ

के सल्लाह दिउँ?

के भनेर बुझाउँ?

उसलाई खाँचो छ-उत्साहको

सकारात्मक सोचको

मैले त येन-तेन मन बुझाएँ

तर ऊ कमजोर रहेछ

अनि बारम्बार घोषणा गर्छ-

रुख-नदी-भीर-दलिन

आगो-पेट्रोल-मेटासिन

भाग्न लागेको हो कि

जाग्न लागेको हो?

ट्यूनिशियाको हिरो

यस्तै घोषणाको साकाररुपमा

संसार जगायो

विश्व हल्लायो

सिनु जस्तै भएर के पलायन हुनु?

के मेटासिन खोज्नु?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |