हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

मनोज काफ्ले , (कुबेत )

मरी लानु केहि होईन इमान्दार बन तिमी  
झैँ झगडा गर्न छोड मिलनसार बन तिमी l  

अहिंसा र बिद्रोहलाइ सिकाएर स्वाभिमान
एउटैकला देखाऊ अब कलाकार बन तिमी l
 
राजनीति युद्द होईन शान्तिको आवाज बोल    
गाउँघर बिकासको सुन्दर बिचार बन तिमी l
 
झुटोप्रेम रच्नेचल्ती तिमीआफै मान गल्ति
चोखोमायाँ गर्नेको बाँच्ने आधार बन तिमी l
 
बलेको आगोलाई निभाउछु म मनसून बनि  
हावाहुरी चल्ने गर्दा लुक्ने ओडार बन तिमी l

Comments

raju kunwar

dherai sundar sabdaharuma sajiyako gajal auta sandesh bokeko gajal padhna pauda ati aanandako mahus bho. 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |