हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यी आँसुका निर्मल धारा !

नर बहादुर दाहाल , (दार्जिलिंग )


बह यी मनका पोखूँ भन्दा

सम्झी विगतका दिवस ती सारा

थाहा नपाई आई खसेछन्  ,

यी आँसुका निर्मल धारा !

 

भेट भएथ्यो जीवन पथमा

एउटी सुन्दरी परिमल बाला

तर कहिल्यै मिल्न नसक्ने

दुइ नदीका मौन किनारा ।

आज उसैको निम्ति खसेछन-

यी आँसुका निर्मल धारा !

 

मधुमय पुष्पित प्रणय वाटिका

कस्तो सुन्दर थियो नजारा ,

आँधी-हुरीले  ध्वस्त भएछ ,

छिन्न-विछिन्न जग भो सारा ।

पाएँ मैले साथी कस्तो

हृदय नजिक छ तन छ टाड़ा ।

सुखमय प्रणयको दुखमय अन्त-

यी आँसुका निर्मल धारा !

 

फूल जति सब ओइली सकेछन्

बिझ्छन् मुटुमा केवल काँड़ा ,

अलिअलि अघिको घाउ छँदैथ्यौ

थपिदियौ त्यसमा दुखको ज्वाला ।

यसैले त पलपल खस्छन्

यी आँसुका निर्मल धारा !

 

सम्झें मैले अब अस्त भएछ

जीवन गगनको भाग्य सितारा ।

यसैले त पलपल खस्छन -

यी आँसुका निर्मल धारा !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |