हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

यो शहरहरुको देश

विपूर्ण तारा , ( )


यो शहरहरुको देश
जहाँ,
ब्यापार बढ्दो छ
बिलासी र घुम्ने कुर्सिको
चिन्ता छ कुर्सिकै
हरेक मान्छेमा
लुटको अखडा छ
–कुर्सि
यो शहर हरुको देश ।

तर मेरो शहर गाउँ छ–
शहर बनेको छ भाषणहरुमा
टुकिको उज्यालोले
भाषणको भेउ पाउदैन
तर बिजुलि बाल्छ बजेटमा
यो शहरहरुको देश

मेरो गाउँ,
कसैलाई भ्रष्ट भन्दैन
बरु आफु भोको भएर
यो शहरको देशमा
अन्न पठाउछ कुर्सिको पेट भर्न ।
तर ऋणी छ अविकसित हुनुमा
ऋणी छ परिश्रमी हुनुमा
र ऋणी छ शहर पाल्नमा ।
मेरो गाउँको देश ।

युरोपको भाषण मुखमा छ शहरहरुको
गाउँको मुख बाएको छ छाकमा
के थाहा पिडा शहरहरुलाई
गाउँ बिर्सेपछि
चर्को भाषण उसिन्ने बेला
गाउको गर्मि के था
एसिमा बटुलेको भाषणलाई ।
यो शहरहरुको देश

यहाँका शहरहरु गाउँ देख्दैनन्
गाउँमा साँझ परिसकेको छ
सबैमा निराशा छ
'अब जन्मिन्न कि त्यो ?
सबैको आशा —
सँविधान । डर छ –
यो शहरहरुको देशमा ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |