हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो माटोकी चेली

अनुज श्रेष्ठ \' प्रवास \', ( )

सखारै आफ्नो
सुनौलो विहान र घमाईलो दिन
खोज्न हिंडेकी युवती
निस्पट्ट अध्याँरो रातमा
छाम्छे आफूलाई आँसु र रगतमा
ब्वाँसाहरुबाट घेरिएकी,
ओबामा,ओसामा या
ओमनाथ जुनसुकैको
देशको सीमा भित्र पनि
ऊ प्रसाधन ,
भोक र विलासका
मेनुहरुमा सजिएकी हुन्छे
रेडलाइटका बन्द कोठाहरुबाट
चित्कार गर्दै ईश्वरसँग रुष्ट
मेरो माटोकी चेली
तथानाम् सराप्छे
आफ्नो जुनी र भाग्यलाई
किन बेच्छ आफ्नो भोक मेट्नका लागि
मान्छे कसैको विश्वासलाई ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |