हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

रमेश बिष्ट (आर. अल्पमत) , (खोप्लाङ्ग —८, गोरखा)

सुन्छु म त वार वारमा सहमति
छरपस्ट अखवारमा सहमति
 
भदौ चौध छैन टाढा सखारै हो भोलि
वनाउने रे त्यही वेला दरवारमा सहमति
 
नुन छैन डोल्पालीको कस्लाई छ चासो
पियन देखी उपप्रधान नातेदारमा सहमति
 
अवरुद्ध सडक सदन अर्को रसमा व्यस्त
भित्रभित्रै देख्छन् नेता तरवारमा सहमति?
 
झस्के वाउले मिल भन्दा आज्ञाकारी छोराहरु
कैले हुन्छ नेता साँच्चै वारपारमा सहमति

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |