गजल
रमेश विष्ट (आर अल्पमत), (खोप्लाङ्ग —८, गोरखा ।)
अर्झाप्दैछन् खुकूरी यहां धारको के कुरा ।
झण्डे अनि धन्देहरुलाई विचारको के कुरा ।
बाजे भानु तिम्रो बधु जलाइसके यहां ।
बोक्रै राम्रो ठान्नेहरुलाई सारको के कुरा ।
राम सीता आदर्श ती उहिल्यै खूइल्याइदिए ।
भाइ भाइ काट्नेलाई आचारको के कुरा ।
एकिकरण रोप्यौ वाजे विखण्डन पो उम्रियो त
आफैं वाहेक नदेख्नेलाई संसारको के कुरा ।
वाली पनि के सप्रन्थ्यो कान्तिपुरमै तनाव भारी
राजनीति नै प्रकोप वन्यो झारको के कुरा ।