हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सम्बोधनको पक्षमा

बिद्ध्या सापकोटा, (काठमान्डौ)


ए ! झोला भिरेर स्कूल हिडेका प्रभाती किरणहरु हो
होश गर,
त्यहाँ तिम्रो अवोधपनको गलत फाइदा उठाइन सक्छ
आफ्नै देशलाई कसैको प्रान्त भन्दै पढाइन पनि सक्छ
यहाँ 
जस्ले जे बोलिदिदा पनि हुन्छ
     जे भनिदिदा पनि हुन्छ
किनकी यो देशमा गणतन्त्र छ, संविधान छैन ।।

ए ! उज्यालो बोकेर निस्केका विहानहरु हो,
होश गर
मानवता हराएको समय हो यो ,अपहरणमा परिन सक्छ
(या) हातको कलम खोसेर बन्दुक भिराइन पनि सक्छ
यहाँ
जसले जे गर्न पनि सक्छ
      जे गराउन पनि हुन्छ
किनकी यो देशमा गणतन्त्र छ, संविधान छैन ।।

ए ! बालुवामा हुडलिइरहेका स्वप्निल घामहरु हो
होश गर
स्वार्थ र लालचको गहिरिदो खाल्टोमा, संगि गुम हुनसक्छ
(वा) आफ्नै समाजमा, तिम्री संगिनी बलात्कृत पनि हुनसक्छे
यहाँ
जे पनि हुनसक्छ
जसो पनि हुनसक्छ
किनकी यो देशमा गणतन्त्र छ, संविधान छैन ।।

ए क्षितिजबाट चियाइरहेका सन्ध्याकालिन प्रहरहरु हो
अचम्म नमान ,
तिम्रा भोक/रोग/शोकका कथा लेखिदिने÷सुनिदिने कोही नहुन सक्छ
यहाँ त हेर्दाहेर्दै मान्छे ,क्रमशः मान्छे बाँदर र अजिंगर पनि हुनसक्छ
जो जस्तो पनि हुनसक्छ
जे जो पनि हुनसक्छ
किनकी यो देशमा गणतन्त्र छ, संविधान छैन ।।

यहाँ त फगत,
लाचारी चपाइरहने हामीहरु छौं
देश खाएर उग्राइरहने तिनीहरु छन्  ।।

लाग्दैन तिमीहरुलाई,
यो चपाइ र उग्राइको अनवरत सिलसिला अब रोकिनुपर्छ ??

हो, मेरा सबै सबै सम्बोधनहरु हो !
अब त
जागरणको आँखिझ्याल खोलिनुपर्छ
हामीले लेख्ने मसिमा
चेतनाको रङ्ग घोलिनुपर्छ
पसिनाको नीलरसमा
राष्ट्रियताको सुगन्ध मिलाइनुपर्छ
मिर्मिरे त टर्योटर्यो,
कालरात्री अगाबै बस्ति बिउझिनुपर्छ
सक्षम पुस्ता हो हाम्रो,
भोलि भोलि र भोलिसम्म देखिनुपर्छ
अब त ,
रातो तातो इतिहास बनिनुपर्छ
ईतिहास लेखिनुपर्छ, लेख्नैपर्छ ।।
 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |