ध्यान
विपूर्ण तारा, ()
धेरै पहिले एक भिक्षुले ध्यान सिकाईरहेको बेला एक शिष्यले जिज्ञासा राखे “गुरु, हामीले ध्यान गरेर के पाउछौ ?” भिक्षुले सम्झाउदै भने “शिष्य ध्यान त्यो अद्भुत शक्ति हो जसले मान्छेलाई शान्ति सिकाउछ । मान्छेले शान्ति प्राप्तिको लागिनै ध्यान गर्छ ।”
शिष्यले अवोधता प्रस्तुत गर्दै टाउको हल्लायो । यद्यपि उसलाई लामो समयसम्म ध्यान गरेपनि शान्तिको कुनै अनुभुति नभएपछि भिक्षुलाई फेरि सोधे “गुरु, हामी शान्ति भन्दै ध्यान गरिरहेका छौ तर बाहिर त मान्छेमा अहिंसा बढेको बढै छ र मान्छे मेरेका मरै छन त ?”
भिक्षु दर्शिए “बुद्धु शिष्य, ध्यान भनेको बाहिर हेर्ने होईन आफु भित्र हेर्ने हो । आफुलाई खोज्ने हो । आफुभित्रको आत्मिक सङ्घर्ष, आतंक र विचलनको सन्तुलन सिकाउछ ध्यानले ।”
फेरि शिष्य वोले “त्यसो भए ध्यानलाई कसरी बुझ्ने त ?”
भिक्षु फेरि दर्शिए “जो अध्यात्मि र निरन्तर छ उसले शान्ति ध्यानमा बुझ्दछ । एकान्तमा बुझ्दछ । शान्ति त अनुभुतिको शान्ति अध्यात्म हो ।”
शिष्यले मन फुस्रो पारे । नत सहमति जनाउन सके न त विमति नै जनाउन । चुपचाप फेरि शान्ति खोज्न ध्यानमा बसे ।