हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

आचार्य प्रभा, (कोलोराडो)

नजानेको पापबाट को नै अछुत छ र यहाँ ?
जलनको तापबाट को नै अछुत छ र यहाँ ?

भन्ने गर्छन् मान्छेहरु दयावान बन्नु पर्छ
पापिष्टको छापबाट को नै अछुत छ र यहाँ ?

सकेसम्म पाइतालाले किरा पनि नमरोस
भन्ने मीठो धापबाट को नै अछुत छ र यहाँ ?

सोच यहाँ सबैको छ दया धर्म गरी बाँच्ने
असत्यको खापबाट को नै अछुत छ र यहाँ ?

मानव भइे जन्म लियौं मानवता अँगालौ न
यो बिचारको मापबाट को नै अछुत छ र यहाँ ?

संसारको प्राणीमध्ये मानव नै अग्रसर छ 
भन्ने चोखो नापबाट को नै अछुत छ र यहाँ ?

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |