हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कति प्यारो, कति प्यारो !

शिव प्रकाश, (बोष्टन)

 
कति प्यारो, कति प्यारो, मुटु भन्दा माटो प्यारो
घर-देशको  दुःख भन्दा  पर-देशको  सुख गाह्रो ।।
 
कोही  छैन, केही छैन  मनले हाम्रो आफ्नु भन्ने 
मान्छेबीच नाता छैन  कोही  छैन आफ्नु ठान्ने
चुहिएको  छानो  राम्रो,  भत्किएको  गारो  राम्रो
पराईको महल  भन्दा  आफ्नै छाप्रो  कति राम्रो  ।।
 
न त गुराँस  फुलेको छ, न त हिमाल हाँसेको छ
आफ्नै देशको माटो सम्झी जिन्दगानी बाँचेको छ
गुन्द्रुक,ढिडो, सिन्की खाई हाँसेको त्यो मुहार राम्रो
हिमाल, पहाड ,तराई हाम्रो कति राम्रो कति राम्रॊ

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |