हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गोल

होम बहादुर क्षेत्री, (कुबेत)


खेल्दा– खेल्दै
मीड–फील्डमा दगुर्दा दगुर्दै
हाफ–टाईम भै सक्यो
पसीनाले चुर्लम्म भिजेको जर्सी
झन् धेरै भारी हुन्छ
बोक्न नसकिने आफ्नै खुट्टा झैँ
एक अवसर निश्चय आउने छ
जब
फ्री किक पाउने छु
अनि गोल दाग्ने छु
कुनै पेले झैँ
कुनै म्याराडोना झैँ
 
पर्खी रहेछु
त्यस शुभ मुहुर्तलाई
गोकुल– कालका लागि
जब
स्टेडियममा मेरा निम्ती  गुन्जिने छ
थप्पडीको ताल

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |