हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

लघुकथा-सल्लाह

कृष्ण बजगाईं, (ब्रसेल्स, बेल्जियम)


यो के हो
?

रिबन ।

 

यो ?

कैंची ।

 

यो चाहीं ?

पानस ।

 

कहाँ जाने ?

अमेरिका ।

 

किन ?

उतै बस्ने गरी ।

 

पेशा के नि ?

राजनीति ।

........!!!

 

तपाईंको नाम ?

पासपोर्ट मै छ । त्यहीं हेर्नोस ।

............!!!???

 

हजुर यी सबै सामानहरु के गरिबक्सिन्छ अमेरिकामा ?”

 

उदघाटन, बिमोचन, भाषणभुषण आदि कार्यक्रम त्यहाँ भैरहलान । प्रमुख अतिथि बनाउलान् । परदेशमा यस्ता सामान कहाँ पाईएलान ? त्यही भएर लैजान लागेको ।

  

जाँचकी कर्मचारी जुरुक्क उठेर धनुष्टङ्कार नमस्कार चढायो । उसको ब्याग बोकेर जहाजसम्मै पुर्यायो । जानेबेलमा सुटुक्क भन्यो– “हजुर, मेरो एउटा छोरोले फर्स्ट क्लासमा एम.ए. पास गरेर काम नपाई त्यसै बरालिएर बसेको छ । मिल्छ भने त्यतै तानी बक्सियोस्न ।

 

राजनीतिमा लाग भन्नू !यतिमात्र सुन्न भ्यायो । जहाजको ढोका बन्द भैहाल्यो ।

 

 

 

.

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |