प्रश्नचिन्ह
विद्या सापकोटा, (हालः शंकरदेव कलेज, काठमाण्डौं)
टक टक टक......
आउदैछ, आइरहेछ आवाज
ऊ सुन्दै–सुन्दैन,
सुस्त–सुस्त
झर्दैछ, झरिरहेछ फूल
ऊ देख्दै–देख्दैन ।।
समय
आँखै माथीबाट
उडेर
उक्लिसक्यो सगर
ऊ भने अझै
लड्खडाउदै छ बगरहरुमा
तिर्खाउदै–तिर्खिदैं
टेक्दै–टेकिदैं
टेकिदैं–टेक्दै
कुच्चिएका दिनहरुमा
टुक्रिएका आस्थाहरुका बीच ।।
उफ्........
भित्रभित्र
अ...दृ...श्य
भत्कनु भत्किएर पनि
आफैंसँग
आफ्नै लागि
आफ्नै बिरुद्ध
एक बिद्रोह
एक क्रान्ति
एक पहिरो
निम्त्याउन नसक्ने...........
नियतिको टाँगामा
बाधिएको निरिह घोडा ऊ ।।
एक आशंका,
धी...मा
धड्किरहेको
त्यो
रोगी मुटु
कतै आफ्नै त हैन ????
Comments
Raj Kumar
बिद्याजीले आफ्नो अध्ययन संगै नेपाली कविता पनि सिर्जना गर्दै अगाडी बढ्दै जानु भएकोमा सार्है खुसि लागेको छ ! उँहाको यो अभियान नदि बगे झैँ अविरल निरन्तर रुपमा अगाडी बढ्दै जाओस ! यहि छ मेरो शुभ- कामना ! शुभ- कामना !! शुभ- कामना !!!
Parajit pratap 'पुर्बेली'
नदेख्नु,नसुन्नु,बिबसता....ट्याम्केको डाडा पुगिसक्यो आशाको किरण तर ऊ सुनकोशिको बगरमै लर्खराउन वाध्य छ\" होला नियतिको टागाले उसलाई फुत्किनुदियको छैन। अलिकती ठोक्किएर, अलिकती लडेर, अलिकति घाउ सहेरैपनि, हजारौ काल्खण्डमा बाँचेरै पनि, आफ्ना र आफ्नो बिरूद्ध क्रान्ति गर्दैछे लडाईं लड्दैछ किनकी भौतिक सभ्यताको उचाइमा ऊ पुग्नु छ। यो पक्का पनि आफ्नै मुटु हो\" कबिता राम्रो छ। बिद्या बहिनी लेख्दै गर्नु होला शुभकामना /
sudarshan sapkota
nice poem. dherai pa6i kabita manparyo.