गजल
ईन्द्रकुमार श्रेष्ठ "सरित्", ( काठमाण्डौँ)
नडुब गाजलु आँखामा मात लाग्ला
मात लागे पछि अनेक थरि बात लाग्ला
रुपको यो बजार हो आउ बोली लगाउ
नफस जाली हाँसोमा नत्र आघात लाग्ला
रातको उज्यालोमा बगैचाको फूल खोज्छौ
फूल होइन यहाँ मात्र काँढा हात लाग्ला
महफिलमा आएर त्यो मन बहलाउ
मनको उज्यालो दिन होइन रात लाग्ला
नसजाउ मन मन्दिरमा कठपुतली
वासनाहीन फूल बाट शून्य हात लाग्ला