गजल
प्रकाश प्रतीक, (तनहुँ)
आँधी आयो र हलचल मच्चायो
कोही आयो र खलबल मच्चायो
जिन्दगीको यो बैँसालु माहोलमा
तिर्खा जाग्यो र तलतल मच्चायो
पहिला उ शान्त र सालिन थियो
अनायासै आज कोलाहल मच्चायो
कोही भाग्यो जब आशाहरु रोपेपछि
सम्झनाले पीडा पलपल मच्चायो
Comments
pratikshan
dami cha bro