गजल
मिथिला प्याकुर्याल, (तोरीखेत, भरतपुर)
म के लान्छु र, मरेपछि दुई गज जमीन भए पुग्छ
कोही रोऊन् अनि कसैको चेहरा मलिन भए पुग्छ
कसको पैसाले तारा किन्छ, जून आकाश सारा किन्छ
बाँचुञ्जेल बँचाउन इज्जत तन तल्लिन भए पुग्छ
आफन्त वैरी बने के भो संसारले पराई भने के भो
सहारा अठोट खम्बा अनि विश्वास दलिन भए पुग्छ
छाडेर संसार पाप पुण्य जोख्नै पर्छ एक दिन
बाँचेर गरिने कुकर्म केही यस्तो एकिन भए पुग्छ
फूलमा बस्नेले पनि त आखिर सहनै पर्छ घोचाई काँडाको
कठोर होस्, यथार्थ बस् , सपना हसिन भए पुग्छ
Comments
madhu pathak
mithila ji , dherai ramro gajal lekhnu bhayecha. tapaiko gajal ek choti chitawan aako belama tapaikai mukh bata sunne saubhagye payeko thea. aja dherai pachi feri padhne mauka paye. lekhna nachutaunuhola. thnx