१) नेता

हस्त गौतम 'मृदुल'
भर्जिनिया


नेता छन पानमा पनी सुटुक्क बिकेका
प्रयोग गर्छन सिद्धान्त सित्तैमा सिकेका
राज्यको ढुकुटी खानलाइ छन ढुकेका
स्वाधिन्ता लिलाम गराइ शिर झुकेका

भिखारी झैं भोट माग्दै अनी माथी पुग्छन
दुर्गम  ठाउं छोडी कान्तीपुरमा नै लुक्छन
भत्काउदै निति बसाल्छन अर्कै परिपाटी
गर्छन शासन मनपरी कसैको जुत्ता चाटी

नेता छन……………………………

जुन जोगी आउँछ उस्तै कान चिरिएको
जनता फेरी संकटले छन संधै पिरिएको
दर्शन दिन्छन जादु सरी गर्दछन मनपरी
कैलै भएन चाहेको, दुखै भो जीवन भरी


२) बाँदर जस्तै नेता

बाँदर जस्तै नेता स्वार्थको पुच्छर घुम्रेको
व्यक्तित्व छ उस्तै तालुमा आलु उम्रेको
ढलेको सिन्को नउठाइ भाषण गरे चर्को
नेताको चातुर्य देखी घाटीमा पर्यो सर्को

फेरी अनेक सपना बेची भोट माग्न थाले
स्वर्ग जस्तो नेपाल जानेर खाडलमा हाले
सुँघ्दै मालिक आफनो सम्पदा भेटी चढाए
संकटमा पारी जनतालाइ जिउदै सडाए

पुरुखाको आकाङ्क्षा शहिदको सपना लुटे
सत्ताको हाड खान आपसी स्वर्थमा फुटे
बन्दुग दागी सत्तामा पुगेर मनपरी गरे
आखिर नेता धुर्त भए आफनै पोल्टा भरे