मेरो जिन्दगी

रजनी श्रेष्ठ
आर्लिङ्गटन, भर्जिनीया


म हिँडदैछु
जीवन यात्रामा
कहिले ओराली
कहिले उकाली हुँदै
समयको हुरीसँगसँगै
कहिले कता, कहिले कता
लडछु, उठ्छु
जीवनको लक्ष्य प्राप्तिको प्रयासमा
भौंतारीई रहेकै छुँ
अनगिन्ति चाहना र ईक्षा बोकि
समयको परिधिभित्र
दिन, रात, हप्ता, महिना अनि वर्ष गन्दै
कति पतझरमा रोएको छुँ भने
रमाएको छुँ म कति हरियाली बसन्तमा

गण्डकी कोशी कर्णालीको
कलकल मधुरतामा
सलबलाएको चिसो बतासमा
लालीगुराँसले ढकमक्क ढाकेका
ति रुखहरुको सुन्दरतामा
मयुर र मुनाल नाचेको दृश्यमा
भाव भिवोर भएर रमाएको हिमाल देखेको छुँ
शान्ति र सुन्दर भनी गाएको
गीतको बोलीमा छाति फुकाएको छुँ