मुक्तक
रमेश पल्लव हाल:  क्यालिफोर्निया अमेरिका

कुर्सी

पाउन साह्रै गाह्रो
पाएपछि छोड्न झन गाह्रो
नेता र कुर्सीको सम्बन्ध
श्रीमान्-श्रीमतीकोभन्दा प्यारो ।

नेता
पाउन साह्रै सजिलो
पाएपछि छोड्न झन सजिलो
नेता र जनताको सम्बन्ध
कहिल्यै नगाँसिने झूत्रो र सफा टालो ।