मेरो मुटु 
 

 
केदार श्रेष्ठ 'गगन'
भीमस्थान-५सिन्धुली 
हाल-अनेसास यू.ए.ई.च्याप्टर 
२२ माघ २०६५

फूल उनी 
जून उनी 
खुन मेरो उनी 
देखिन आज मैले 
भेट्न किन आइनन्  
किन मेरो आँखाबाट ओझेल परिन् 
 
प्रिय
कुनै परिबन्धमा त परेनौं  
कतै समय पापीले त बाधेन  
कति आतुर थिए मेरा ओठ 
तिम्रो नाममा लेखेको मनको वह 
तिम्रै यादमा कल्पेका कल्पनाहरु 
तिमीलाई सुनाउन
तर
अहिले ब्याकुल भा'को छु म 
तिमीलाई नदैख्दा
तिमीलाई नभैट्दा
रोइरहेछन् आँखा
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।  
 
ज्वारभाटाहरु उर्लिरहैछ 
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा 
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन 
 
हिजो बोलेको आइ लभयू
र तिम्रो त्यो कोमल हातले मुसारेर 
गालामा च्वाप्प खाएको म्वाई 
अन्तिम हुने त होइन  
कतै दैवले अन्तर्घात त गर्नै हौइन  
त्यसैले म भगवानसँग विन्ति गर्छु 
हे ! भगवान 
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गराई दैऊ न 
फूलपाती चढाउँला 
त्यतिले नपुगे
के माग्छौ घुस भन 
म दिन तयार छु
रागो बोका कुखुरापरेवा……जे माग्छौ 
म चाहान्छु-
उसको मायामा 
मेरो यो शरीर समाधिष्थ गराउन 
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।
उनी टाढा छिन्
मेरो कुपोषणयुक्त 
इच्छाआकांक्षा र सपनाहरु 
मनसँगै बतासिएर 
कहिले बतासमा 
कहिले वर्षातमा 
समाहित हुँदै उसको प्यारमा 
उसको माया 
आँखाको डिलबाट 
बग्न थाल्छ अवीरल 
म सम्झिन्छु उसले भनेको कुरा- 
तपाईँलै भनेको हैन  
तिमी मेरो मुटु हौ भनेर 
हो म तपाईँकौ मुटु भए 
तपाईँ मैरो शरीर 
शरीर र मुटु कहिले अलग हुन सक्छ  
त्यसैले अब हामी एउटै भएनौ त