मेरो मन्


सन्तोष थपलिया
न्युयोर्क


खै यो मन् पनि के के भन्छ
कैले फूल बन्छ, कैले सिसा !!

खुशीको उद्बेग छाम्दै जाँदा
पीडाको हाँगामा झुन्डिन्छ मन्
कैले पिंङ सरि मचिन्छ
कैले हाँगाबाटै लाछिन्छ
खै यो मन् पनि के के भन्छ
कैले आकाश छुन्छ, कैले एक्लै रुन्छ !!

तरङ्ग बड्छन मायाका, मनको तलाउमा
फेरी सुक्छ्न किन हो एकैछिनमा
कैले सुस्त बतासमा सुस्तरी सुस्ताउछ मन्
कैले घाम भन्दा चाडै अस्ताउछ मन्
खै यो मन् पनि के के भन्छ
कैले आकाश छुन्छ, कैले एक्लै रुन्छ !!