मेरो देश


शेखर ढुङ्गेल
सन फ्रांसिस्को, क्यालिफोर्निया


मेरो देश मेरो आत्मा
जहाँ म जाउ सधैं हुन्छ साथमा

शीतलताको विशाल हिमाल मेरै देशमा
कोमलताको उर्वर तराई मेरै देशमा

सभ्यताको पहिलो किरण उदायो मेरै देशमा
कर्मयोगीको तपोभूमि मेरै देशमा

नदी र झरनाको मधुर संगम मेरै देशमा
शान्तिदूत र आतिथ्यशिल्पी जन्मे मेरै देशमा

देवकोटा र भानुभक्तले सृजना कोर्न
सिकाएको मेरो देश
सँस्कृति र मुस्कानको अति धनी मेरो देश

जति टाढा पुगे पनि त्यति नै जजिक मातृप्रेम
जहाँ म जाउ छायाँ बनी साथै हुन्छ मेरो देश

मेरो आत्मा मेरो देश
जहाँ म जाउ साथै हुन्छ मेरो देश