माया साटासाट गरौं

केशव आचार्य
बोल्डर, कोलोराडो

आउ हामी एकपटक माया साटासाट गरौं
विश्वासको फूलबारीमा पिरतीको बिउ छरौं

तिम्रो जस्तै मेरोपनि खाली नै छ मनको घडा
दुबै मिलि अँजुलीले सम्झौताको कलश भरौं

भेल बनि आई दिने जिन्दगीका छालहरु
बाँधिएर अँगालोमा साथ साथ पार  तरौँ

आस्था अनि विश्वासले बाँधिएको धुरीमुनी
हातेमाले गरि दुबै भावनाको घर सरौं