मनको ढोका


कृष्णमुरारी ढुङ्गेल
डेनभर, कोलोराडो


ढोका खोल ए हजूर
मनको ढोका खोल है
जन्मियौ तिमी धर्तीमा
मिठो बोली बोल है

चिरञ्जिवि भयौ तिमी
कस्तो आमा पायौ है
गणेस जस्तो छोरो तिमी
पार्वती जस्ती आमा है

ऋद्धिसिद्धि जस्ती पत्नी
कुटी नै उज्यालो भयो है
मठ मन्दिर घरमै पनि
प्रभुको दृष्टि पायौ है

ढोका खोल ए हजूर
मनको ढोका खोल है
हाँसी खुशी जीवनमा
सुन्दर संसार बुन है

ढोका खोल ए हजूर
मनको ढोका खोल है ।