मान्छे मान्छेमा



होम बहादुर क्षेत्री
हाल: कुबेत


मान्छे मान्छेमा
केही फरक छैन
फगत रोटी; कपडा र घरको व्यथा
कोही खीर त कोही चना चबेनामा गुजर
कोही फुटपाथमा बसर त कोही अट्टालिकाको बगर
कोही करोड़मा खेल्छन
त कोही खेल्छन सिक्कामा चित पट गर्दै

तर जीऊमा बग्ने रगत एक छ
माया गर्ने मुटु
समस्त शरीरिक प्रक्रिया एकै छ
छाला गोरो होस वा कालो
एकै छ अंग अंग

भेद जन्मन्छ
न बुझिकन
द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !