मानवको सफलता


सुषमा खनाल
 कक्षा ५, मुलेन इलेमेन्टरी स्कूल, मनासस, भर्जिनिया .
 
एकादेशमा एउटा गरिव परिवार थियो । त्यस परिवारमा आमा छोरा र बाबु थिए । छोराको नाम मानव थियो । उनीहरु कहिले भोकै बस्थे भने कहिले अरुले खाना दिए पछि मात्र खान पाउँथे । आमा बाबु दुवै रोगी थिए र धेरै बिरामी भइराख्थे । एक दिन बाबुचाहिँलाई हर्ट अटेक भयो र त्यसै दिन मर्यो । आमाले बाबुजस्तो काम गर्न सकिनन् । तीनले छोरालाई पाल्न पनि माग्ने काम गर्न पर्ने भयो । तिनले छोरालाई मात्र बढी खुवाउथिन् र आफू भोकै बस्थिन् । त्यसरी आमा दुब्ली र पातली हँदै गइन् र अन्तमा मरिनन् नै ।
 
मानव त्यसबेला ३ वर्षको मात्र थियॊ । उसलाई एकजना दयालु व्यक्तिले सडकको कुनामा भोकै देखेर खाना किनेर खुवाइदियो दियो र पछि एउटा मन्दिरमा लगेर राखिदियो । त्यहाँ नै एउटा कुनामा बसेर उसले मागेर खान लाग्यो । ऊ त्यसरी नै ठूलो भयो र अरुको घरमा पनि मागीमागी खान लाग्यो । कसैले उसलाई एकदुइ रुपिया दिन्थ्यो भने कसैले थुकी नै दिन्थ्यो । एक दिन मानव माग्न जाँदा 'कसैले काम पायो भने गर्छौ ?' भनेर सोध्यो । मानवले 'गर्छु' भन्यो ।
 
उसले मानवलाई एउटा काममा लगाइदियो । अब उसले राम्ररी काम गर्दै अगि बढ्दै गयो । त्यही कमाइले पढ्न पनि लाग्यो र पछि गएर धेरै पढेपछि एउटा स्कूलमा हेडमाष्टर नै भयो । उसले पछि घर पनि किन्यो । उसको घरमा कुनैपनि गरिब मान्छे माग्न आउँदा कहिल्यै पनि गाली गरेर पठाएन । कसैलाई पैसा दिन्थ्यो भने कसैलाई काम नै लगाइदिन्थ्यो । उसले जति नै सफलता पाए पनि आफूलाई अनेक दुःख गरी पाल्ने आमाबाबुलाई कहिल्यै बिर्सेन  । र सुखको जीवन बिताउन लाग्यो ।