मलाई प्यारो लाग्छ


लालीगुराँश (नभेम्बर २८ २००८)
काठमाडौं


बिकसित बिदेशी भुमिका चिल्ला सडकमा हिंड्दा
तन रमाए पनि मन रमाउन गार्हो मान्छ
बुंग बुंग धूलो उडेर कुहिरै लागे पनि
मलाई आफ्नै मातृभुमिको धूलो नै प्यारो लाग्छ।

चिल्ला अनि आरामदायी मटरमा हिंड्दा
तनले सुख माने ता पनि मनले दु:ख मान्छ
खाल्डा खुल्डीमा हल्लाएर जिउ नै थकाए पनि
मलाई गाउँले गोरु गाडा नै प्यारो लाग्छ।

चौबीसै घण्टा एसी जडान गरिएका कोठामा बस्दा
तनले शितल माने पनि मनले गर्मी मान्छ
टन्टलापुर घाम र पातै नहल्लिने गर्मी भए पनि
मलाई तरर चुहिएका पसिनै प्यारो लाग्छ।

सर्बत्र इन्जिनको प्रयोग गरी हलुका काम मात्र गर्दा
हातले आराम माने पनि मनमा सकसक लाग्छ
परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेला नै प्यारो लाग्छ।

परिश्रम गरि जीउ नै थाक्ने काम गर्नु परे पनि
मलाई कोदालोले उठाएका ठेला नै प्यारो लाग्छ।