गजल

    भूपेन्द्र महत, कोलोराडो

    मैसाप हजुर  अचेल पिउन थाल्नु भएछ
    ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ
 
    चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग
    अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
    वैँशको रापमा बाफिएको नसालु माद
    बोझिलो भयो कि, नसकी खेप्न, फाल्नु भएछ
 
    आँखा भरी बग्न लागेका अधुरा सपना
    बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
    अभिमानले भत्किएका मायाका प्रणय
    कतै जोडिन्छ  कि भनी लेख्न थाल्नु भएछ