माया गर्ने मान्छे



अनिसा दवाडी
आर्लिँटन, भर्जिनीया



काम गर्छु रमाएर
कुरा गर्छु हाँसी
अपनत्व जगाएर
बोल्छु नाता गाँसी

साथीलाई दुख पर्दा
सघाउँछु आई
प्यारा लाग्छन् सँधै मलाई
आफ्ना साथी भाई

राम्रो गर्छु व्यवहार
मीठो गर्छु बोली
स्वागतमा मुस्कुराउँछु
मनको दैलो खोली