लेन्डुपहरु


कृष्ण प्रसाई
अनामनगर, काठमाडौं


देशमा विभिषणहरु ज्यूदैं छन् ।
देशमा जालन्धरहरु पनि छन् ।
जे जति अर्जुनहरु छन्-
ती अव कुनै हालतमा
कृष्णको वहकाउमा
युद्ध लड्न चाहदैनन् ।

र पश्चातापको भाषामा
उल्टै सम्झाइरहेछन् कृष्णलाई
फेरि अर्को युद्धको तयारी-
अव कसैगरी गर्नु हुन्न भनेर ।
अझै जिकिर छ कृपाचार्यको -
उनले चाहेका भए
विगतमा पनि -
युद्ध टल्न सकिन्थ्यो भनेर ।
निरीह धृतराष्टहरुले -
पहिला पनि कहाँ सिमाना देखेका थिए र !
यसर्थ
सजयहरु पनि हड्तालमा जुटेका छन् -
उनीहरु अव
कुनै अन्धाको पाउभक्तिमा
आफ्नो समय उत्सर्ग गर्न्र चँहादैनन् ।

चँहादैनन्-
पुत्र मोहको नाउँमा
एउटा िसंगै सभ्यता नासियोस् ।

दाउको राजनीति छॊडेर
सकुनी पनि सुधि्रएका छन् ।
सभ्यता टिकिरहनु पर्छ भनेर-
दुर्योधन सत्संगमा भिजेका छन् ।
इच्छा छैन कसैलाई-
अव कुनै युद्ध चम्कियोस-

खरानी बनोस कुरुक्षेत्र ।
म चौतारीमा वसेर
तल हेरिरहेछु -
मेरो देशमा
हस्तिनापुरमा नभएका-
केही लेन्डुपहरु छन्-
केही लेन्डुप हुन खोज्दैछन्-

भरखर जन्मेका केही लेन्डुपरुलाई
साना नानीहरु-
पुतला बनाएर जलाउदैछन् ।