लैनचौरका राजाहरु

 

Satelite, Kathmandu 

 

भत्केका महलहरुको सपना

देश टुक्राउन चाहने पापिहरु अनि

कठ्याङ्ग्रिने जाडो

पैतालका डोबहरु मेटिदै गयको शुन्य समय

भविष्यप्रति निराशित हेराइहरु

कमजोर बनेका आशाहरु

बन्दै-बन्द अनि अभावहरुको लस्कर

कुटिल मुस्कानसहितको छिमेकि देश

अत्तालिरहेका मेरा मान्छेहरु

घृणाको जिन्दगि बाँचिरहेका छन

 

इन्धनको अभावमा बन्द स्कुलहरु

अँध्यारो भविष्यसहितका मेरा नानिहरु

म घरिघरि बिचलित बनिरहेको छु

मेरो माटोको दुर्दशा देखेर अनि

आफुले केहि गर्न नसकेको guiltiness

मनभरि साँचेर

म नमिठा आँशुहरु झारिरहेछु

 

अधुरो प्रेममा बिताएका क्षणहरु

अनि

मेरो देशको Democracy

उस्तैउस्तै बनेका छन

अपाङ्ग अनि निरिह

धुवाँको मुस्लोमा अस्पतालहरु

ढाकिइरहेको यो क्रुर समयमा

बिद्यालयहरु बन्द छन

हाम्रो अभावमा छिमेकिहरु हाँसेका छन

जसरि प्रेमिका हाँसेकि थिइन बिदाइमा

उनको त्यो उन्मुक्त हाँसोमा

मेरा बिगतहरु छताछुल्ल भए झैँ

बन्द सडकहरुले

मेरो देशको कालो भविष्य देखाइरहेछन

देश बनाउने मस्तिष्कहरु

बन्द कोठामा मौन छन

अनि

लैनचौर र दिल्लिमा चलिरहेको भोजमा

मेरा नागरिकहरुको क्रन्दन सुनिरहेछु म

देश टुक्राउने सपना देखेकाहरुको भिड

काठमाडौँमा कुदिरहेको देख्दा

म युद्दमा जान हतारिएको

सिपाहि सरह भएको छु

लैनचौरका राजाहरुलाइ border कटाउने साहस बोकेर !!