खसखस डट कम: साधुवादकों पात्र
मञ्जु निरौला, मेरील्यान्ड
कोलम्बसले पत्ता लगाएको इमिग्र्यान्टको शहर अमेरिकामा नेपालीहरुको बसोबास दिन
प्रति दिन बाक्लिँदै
छ । थोरै जनघनत्व भएको नेपालीको संख्या कम भए त पनी नेपाली
द्वारा केहि न केहि कार्यक्रम लिएर नेपाली कै सहभागिता गराई रहे
कै छ । बिशेषतः मे
18 तारीख का दिन खसखस डट कम द्वारा संचालित
एशियन प्यासिफिक अमेरिकन हेरिटेज मंथ
कार्यक्रम बारेमा केहि टिप्पणी राख्ने ईक्षा लागेको ले यो लेख तयार पार्दै
छु ।
विशेष गरी खसखस डट कम द्वारा सँचालित साँस्कृतिक कार्यक्रम का विशेषता:
१) कार्यक्रम सरल सुलभ र सटिक अनि नेपाली सांस्कृतिक झलक देखाउन सफल
।
२) समयको रेखाँकनमा सिमित राखिएकोले दर्शकद्वारा रुचाइएको
।
३) अन्य नेपाली कार्यक्रममा जस्तो चन्दा माँग गर्ने प्रवृति बाट बंचित
।
४) सुगा रटाई भाषण, समयको कुनै मूल्य नभई तन्काउने लम्ब्याउने अनि दर्शक लाई
महाकाव्य नै सुनाएर कार्यक्रम नीरस पार्ने प्रवृत्तिबाट उन्मुक्त
।
५) सभापतिको सम्बोधन, लम्बेतान भाषण दिई दुई शब्द बोलेको अभिनय गर्ने परम्पराको
अन्त्य ।
६) कलाकारको छोटो मीठो नृत्य शैलीले स्वदेशी तथा विदेशी दर्शक प्रभावित
।
७) नेपाली समय त हो नि भन्दै आउने सहभागीहरु निश्चित समयको मापदंडमा कार्यक्रमको
आरम्भ र अन्त्य भएकोमा आश्चर्य चकित
।
जे होस भर्खरै बामे सर्न लागेको यो साहित्यिक वेव साईटले अमेरिकी परम्परालाई
अँगालेर अफ्नो कार्यक्रम समय अनुकूल मनन गरेर सम्पूर्ण नेपाली समुदाय वीच उदाहरणको
उपमा बोकेकोमा साधुवादको पात्र बनेको छ मंजुश्रीको वृत्तचित्र प्रस्तुत गरेर नेपाली
कलाको छोटो परिचय दिनु सुन म सुगंध भए जस्तै अनुभव भयो। टप्पा नृत्य, मंजुश्री
नृत्य, झाँगड अनि झ्याउरे नाच अति लोभ लाग्दो र आकर्षक बनेको थियो सबैका लागी। अचार
झैँ स्वदिलो परिकार पस्किन सफल भएको खसखस डट कमले दिन प्रति दिन सफलताको
भर्याङ्ग चढोस यहि
नै हाम्रो कामना छ
। नेपाली समुदायले संचालन गर्ने कार्यक्रममा भाषणको प्रभुता
नभई,
नचाहिंदो बक्तव्य
नदिई कार्यक्रम पुरा गर्ने उद्देश्य, मनशाय राखेमा जो
पनी आकर्षक कार्यमा
रमाउँथे होलान । तर नकच्चरो भई हजार शब्द बोली दुई शब्द
बोलेकोमा धन्यवाद प्रकट गरिदिने अनि मंचको आधा समय पचाई दिने वक्ताबाट अचेलका श्रोता
वर्गहरु वाक्क-ब्याक्क-प्याक्क भई सकेका छन। कार्यक्रम सकुंजेल हल नै खाली भई सक्दा
पनि माइक अनि मंच छोड़न मान्दैनन । तर खसखस डट कम को यो कार्यक्रममा भने अन्तिम
समयसम्म पनि हल भरिएको बाट पुष्टि हुन्छ कार्यक्रम रोचक, मनोरंजनात्मक अनि उपयोगी
थियो । समयको चालमा हिँड्ने हाम्रो मनोवृत्ति छैन श्रोताको मन जित्ने हाम्रो
अभिलाषा छैन । बोल्ने
मौका यहि हो भन्दै भाषण छांटने परम्परा छ
। विश्व
प्रशिध्द ओस्कार अवार्डको पुरस्कार कार्यक्रममा सबैले समयको मर्यादा राखी दिन्छन
।
संगीत को धून बज्ने बित्तिकै पूर्व उपराष्ट्रपति एल गोरले समेत आफ्नो मंतव्य अधुरै
छाडेर मंच छाडेका थिए ।
अन्त्य मा आकर्षक, मन जित्ने कार्यक्रम पेश गर्न सफल भएको खस खस डट कम कार्य बाट
अन्य संस्थाले पनि केहि पाठ सिकुन यहि हाम्रो चाहना हो