काष्ठमण्डपः भुकम्पको केन्द्रविन्दु

काठमाण्डौलाई काष्ठमण्डप कान्तिपुर शब्द प्रयोग गर्दा एकदमै कर्णप्रिय लाग्छ । अक्टोबरको अन्तिम सातामा पाँच रेक्टरको भुकम्प गएछ । सुनामी झै आईरहनॆ हाम्रो यो देशमा सानोतिनो भुकम्पको झट्काले के नापतौल गर्छ र भौगोलिक बनावट अनुसार काठमाण्डौ पोखरा भुकम्पको केन्द्रविन्दुको मापदण्डमा पर्छन् । कुनै बेला पापको घडा भरिए पछि सँसारमा प्रलय विनाशकारी युग आउँछ भन्छन् । नेपालमा त सुनको एक दिन उदाउँछ रे यो देश खुलीकन गाउँछ रे देवकोटाको हरफ गाउँदै बस्ने र स्वर्णिम सपना देख्ने सिवाय केहि काम नै रहेन । किनकि कलियुगको कालो बादल यति व्यापक भई सक्यो कि कान्तिपुरमा भानुको चपला अवला खोज्नपनि छिमेकी राष्ट्र्मा पस्नु पर्ला जस्तो छ । कान्तिपुरमा सदैव भुकम्पको गर्मागर्मी छ । विशेष राजनैतिक भुकम्पले क्षतिग्रस्त रोगग्रस्त भएको उपत्यकाको विश्लेषण गर्दा यो देश विनाशकाल तिर लम्किएको स्पष्ट देखिन्छ । सात दलले सात ग्रह दशा लगाएर टुक्राटुक्रामा परिणत गरेको छ । कुरो मिल्द्रन अनि सात दल साततिर बरालिन्छन् । उपत्यकामा कुर्लिन्छन् भुक्छन् तसा्रउँछन् सपना देखाउँछन् भुँडि भर्छन् पुष्ट मोटाउँछन् अन्तर्राष्ट्रिय क्षेत्रमा राजदूत पठाउन शिक्षा अनुभवको आधारमा नभई फरियाको नातामा ओहदाको हानथाप गर्छन् । जनताको आँखामा छारो हाल्छन् । देशलाई ईथियोपिया सोमालिया या सुडान बनाउँदै गरिबीको रेखा मुनी पार्छन् । दैनिकी महँगी पेट्रोलको भाउ ग्यासको मूल्यमा खाद्यान्नको हाहाकार यो पनि भुकम्प भन्दा सानो आतङ्क त होईन । जनघनत्वले काठमाण्डौ उकुस मुकुस भएको छ । अनियन्त्रित बजारभाउले महँगी चरम चूलीमा पुगेको छ । भोको पेटले अन्न लत्ता कपडा माग्छ राजनिति चुटकिला गफले आवश्यकता पुरा हुदैन । आर्थिक टेवा नभए पछि डाँका चोर लुच्चा लफङ्गा आतङ्ककारी अपहरण डकैति शब्द पलाउँदै जान्छ । उपत्यका अभावको केन्द्रित भएको छ ।

भिमसेन थापा सेरिएपछि नौ दिनसम्म प्राण नगएको शरीरलाई खोलाको बगरम फाली स्याल र गिद्धले लुछिएर उनि चिथ्राचिथ्रा भई विदारक मरण भएको खवर सुनेपछि उनकी पत्नीले देशलाई सरापिन् । सतिको सराप परेको देश भएकोले हो कि राजादेखि रङ्क कसैकोपनि मति सपि्रएको देखिन्न । कोतपर्व नारायाणहिटि पर्व माओवादीको आतङ्क पर्व सातदलको सत्ताको लुछाचुँडि यि सबै भुकम्पको कम्पभन्दा के कम र कम्पले धनजनको क्षति आफन्तको क्षति समयले विसा्रई दिन्छ । तर कान्तिपुरमा आईरहेको दैनिकी भुकम्पले नेपालीको भावनात्मक मानसिक खलबल आर्थिक भार देशको छवि आदिमा क्षय रोग किटाणुले धमिरा लागेको काष्ठमण्डप बनाई दिएको छ । नेपालीको जीवनी भुकम्पको केन्द्रविन्दुमा आधारित छ । प्राकृतिक प्रकोपमा विश्वले सहायता गर्छ तर गृहयुद्धको भुकम्पमा आफै पि_िल्सएर छिमेकी देशको कठपुतली बन्ने सिवाय अरु कुनै विकल्प नै रहेन । अतएव भन्ने गर्छु काठमाण्डौ भुकम्पमको केन्द्रविन्दु नै हो । सातदलको घरमा भुईचालो आउँदा तत्कालै दिल्लि पुग्छन् आश्रय सरसल्लाह माग्छन् दिमाग तिखारेर स्वदेश फर्कि सोझा नेपालीलाई उचाल्छन् । देशमा मोहि मथेर मगिङ्गल मच्चाउँछन् । कहिले राजाको बुई चढ्छन् कहिले गिरिजाको पटाङ्गिनीमा उफ्रिन्छ्न धम्की दिन्छन् चिचि पापा पाएन भने कोकोहोलो गर्छन् । कानुन विनाको देशमा युवाहरुको सेना तैनाथ गरि चन्दा असुली अपहरण धम्कीको भरमा देश चलाउँछन् । कानुन नभएको देशमा जे गरेपनि पाबन्दी सजायँ छैन । मत्ता हात्तीले गाउँ देश मासे झै त्यसमा भष्मासुर पैदा हुनुपनि भुकम्प नै हो । जनतालाई ढाल बनाई उपद्रो मच्चाउँछन् । पानीको अभावमा काठमाण्डौ काकातुल जस्तै व्याकुल भएको हुन्छ । रातभर विद्युत आपुर्ति नहुँदा रातविरात कुन आतङ्ककारी लुटेरा आई मार्ने हुन कि दिन दहाडै बन्दुक पो तेस्र्याउने हुन् कि भन्ने त्रास त्रासैमा जिन्दगी विताउनु पनि भुकम्प पिडित जिवन यापन गर्नु नै हो । गोरखपुरबाट आउने नेपालीलाई भारतेली दरवान पुलिसले धम्क्याई लुट्नु हाम्रो प्रहरी प्रशासनले केही गर्न नसक्नु अपमानको घुड्को पिएर बस्नु दविएर बस्नु पनि त मानसिक तडपनको भुकम्प नै हो । यहि प्रकियाले काष्ठमण्डप काठमाण्डौ अनि भानुको कान्तिपुरलाई राजनैतिक भुकम्प केन्द्र बनाइएको छ मधिसे पहाडे लिम्बुवान आदिले । अनि नेपालीहरु शोषण्मा परि महाभुकम्पको महामारीमा दरिद्र बन्दै गएका छन् । अतएव गरिबी शोषण कुपोषण सामन्तिपनको व्यभिचारमा परेपछि श्रीलङ्काली लिट्टे नक्सलवादी सुन्नी सिया बन्न पुग्छन् मानवहरु । नेपालीहरु भने माओवादी र खाओवादीको भुकम्प केन्द्रविन्दुमा शोषित भई रहेका छन् पिल्सीइ
 रहेका छन् घुन जस्तै ।